घडियाल गोहीका अन्डा सङ्कलन
चितवन। नारायणी र राप्ती नदीको बगरबाट ३५३ वटा घडियाल गोहीको अन्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रले हरेक वर्ष यो मौसममा गोहीको अन्डा पार्ने वासस्थानको खोजी गरी क्षति हुन सक्ने सम्भावित ठाउँहरुको अन्डा सङ्कलन गर्ने गर्छ ।
प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्ती नदीमा सातवटा गोहीका गुँड फेला परेकामा पाँचवटा ग...
