२०७४ असार ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल

२०७४ असार ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि– पारिवारिक सुख मिल्नेछ । अधुरा काममा साथी भाइबाट सहयोग मिल्ला । खर्चमाभने बृद्धि हुनेछ । कामगर्ने तरिकामा परिवर्तन हुनेछ । शैक्षिकपक्षमा सुधार होला । यात्रामानयाँ कुरा देख्नपाइनेछ । पुरानो मित्रसंग मिलनहुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना छ । मनमा उत्साह बढ्नेछ । आफन्तको सल्लाहउपयोगी रहला । प्रेम प्रसंगमा आत्मीयता बड्नेछ । बृष राशि– पठनपाठनमा रुचि बढ्नेछ । कला क्षेत्रमा प्रगति हुनेछ । व...
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अव पेट्रोल, डिजेल र मट्टितेलको मूल्य कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अव पेट्रोल, डिजेल र मट्टितेलको मूल्य कति ?

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १।५० घटाइएको बताउनुभयो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय बनाइएको छ । हाल पेट्रोलको मूल्य रु १०१।५० रहेको थियो । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प...
निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ : पोखरेल

निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ : पोखरेल

काठमाडौँ। नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले यहाँ आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता पोखरेलले संविधान र लोकतन्त्रको मर्मविपरीत सरकारले सो निर्णय गरेको आरोप लगाउँदै त्यसको विरोधमा जनस्तरमा झन्डाफोर गरिने बताउनुभयो । उहाँले एमालेले संवि...
पाँचथर र ताप्लेजुङका लागि इवा खोला जलविद्युत् आयोजनाको सेयर खुल्यो

पाँचथर र ताप्लेजुङका लागि इवा खोला जलविद्युत् आयोजनाको सेयर खुल्यो

पाँचथर। पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ ।नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो । दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६० लाख बराबरको सेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल्ला गरिएकामा २२ लाख ४० हजार कित्ता साविक थर्पु तथा ...
चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ्यो

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ्यो

रत्ननगर (चितवन) । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २०दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । यसअघि उक्त निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिमी रहेकामा ३८ वर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२दशमलव६३ वर्गकिमी भएको सूचना अधिकारी अर्यालको भनाइ छ । निकुञ्ज ...
प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप

प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप

जनकपुरधाम। राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो –“निर्वाचनका बारेमा सरकारसँग राष्ट्रिय जनता पार्टीको कुनै सहमति भएको छ्रैन ।” नेता यादबले आफूहरू निर्वाचनको विरोधी शक्ति नभए पनि मधेसको माग सम्बोधन नभए...
अपडेट :अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार

अपडेट :अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार

काठमाडौँ । अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् । विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जिपिए) दिइने अक्षराङ्कन (लेटर ग्रेडिङ) का कारण यो सुधार देखिएको हो । ‘अक्षराङ्कन’ (लेटर ग्रेडिङ) भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कन...
एसईई नतिजाको विस्तृत् विवरण, पूरक परीक्षा साउन १९ गतेदेखि

एसईई नतिजाको विस्तृत् विवरण, पूरक परीक्षा साउन १९ गतेदेखि

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यसवर्ष नियमित तर्फ चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएको जानकारी दिनुभयो । त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमल...
ट्याकटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

ट्याकटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

लहान। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपलिका– १२ मा ट््याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा आज विहान एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । सडकमा बिग्रिएर रोकिराखेको स १ त १९५९ नम्बरको ट्याकटरमा गए राति ११ बजे बा ३६ प ४८९५ नं को मोटरसाइकल पछाडिबाट ठोक्किँदा गम्भीर घाइते भएका सोहि ठाउँका मोटरसाइकल चालक २२ वर्षीय सञ्जित साहको उपचारको क्रममा लहानस्थित फ्रे...
सुनसरीमा महिलामाथि यौनिक र विभेदका घटना बढ्दो

सुनसरीमा महिलामाथि यौनिक र विभेदका घटना बढ्दो

इटहरी। सुनसरी जिल्लामा यो वर्षको पुसदेखि वैशाख मसान्तसम्ममा २१ वटा घटना भएको इन्सेक वर्ष पुस्तक पूर्व तयारी प्रतिवेदनले इटहरीमा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । ती घटनामा परेर २२ जना मानिस पीडित बन्नुपरेको तथा दुई जनाको ज्यान गएको उल्लेख छ । इन्सेक पूर्वाञ्चलका कार्यक्रम अधिकृत झङ्करबहादुर रावलको अध्यक्षतामा विहिबार भएको मावनअधिकार वर्ष पुस्तक तथा निर्वाचन र मानवअधिकार विषयक अन्तक्र्रिया ...
महिना दिनको भेटी रु नौ लाख

महिना दिनको भेटी रु नौ लाख

बागलुङ। बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा रु नौ लाख ३५ हजार ३३० भेटी सङ्कलन भएको छ । नगद, बोका, राँगो, कुखुराको मुढ (टाउको), चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो जसमध्ये रु चारलाख ८१ हजार ९२० नगद सङ्कलन भएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा बलि दिइएका १३१ बोकाको मुढ बिक्रीबाट रु ९३ हजार ५४०, कुखुराको मुढबाट रु छ हजार १२०, राँगो...
दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

वालिङ। किसानले खेतबारीमा लगाएको बालीमा बाँदर र दुम्सीले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा किसानले लगाएको बालीमा बाँदर र दुम्सीले अन्नबाली नष्ट गरेपछि किसानलाई सास्ती भएको छ । “अहिले खेतबारीमा मकै तथा तरकारी लगाएका छौँ, पहिला मकै पाक्ने बेलामा बाँदरको हुल आउँथ्यो, यसपालि त मकै छरेदेखि नै हैरानी बनाएको छ” स्थानीय कृषक यमलाल पाण्डेले भन्नुभयो, “द...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । सार्वजन...
पौडिएर नदी तर्दा बेपत्ता

पौडिएर नदी तर्दा बेपत्ता

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का लोकबहादुर मन्दिर भेरीनदी तर्ने बेला बेपत्ता भएका छन् । चेपाङबाट तातापानी जाने क्रममा पौडीएर नदी तर्ने क्रममा ६० वर्षीय मन्दिर बिहीबार साँझ बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य जारी रहेको स्थानीयले बताएका छन् ।
लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु वर्षका लागि विनापन करमा रु पाँच करोड लक्ष्य लिइएको भएपनि हालसम्म रु छ करोड ५५ लाख सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार आव २०७२÷७३ मा रु चार करोड १७ लाख सङ्कलन गरिएको थियो । चालु आवमा अहिलेनै लक्ष्...
श्रीमान् जेलमा हुँदा श्रीमतीको रहस्यमय मृत्यु

श्रीमान् जेलमा हुँदा श्रीमतीको रहस्यमय मृत्यु

फलेवास (पर्वत) । जबर्जस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मीठु दर्जीको रहस्यमय मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आएकी दर्जी घरमै मृत अवस्थामा भेटिएकी हुन् । बुधबार बेलुका खाना खाएर सुतेकी दर्जी बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको खबर पाएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक...
महालक्ष्मीमा एमालेले आज उम्मेदवार घोषणा गर्ने

महालक्ष्मीमा एमालेले आज उम्मेदवार घोषणा गर्ने

धनकुटा। असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिकामा आज उम्मेदवार घोषणा गर्ने भएको छ । एमालेले महालक्ष्मीमा उम्मेदवारको टुंगो लगाएर चुनावी घरदैलो, सभा लगायत गर्दै आएको भएपनि औपचारिक रुपमा उम्मेदवार घोषणा गर्न लागिएको हो । महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुरमा विहान ११ बजेका लागि उम्मेदवार घोषणा सभा आयोजना गरिएको एमाले महालक्ष्मी–७ का सद...
२०७४ असार ०२ गते शुक्रवारको राशिफल

२०७४ असार ०२ गते शुक्रवारको राशिफल

मेष–    टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । वृष–    गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । मिथुन–    अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । कर्कट–    श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । सिंह–    दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । क...
धनकुटाका सात वटै तहका एमाले उम्मेदवार सार्वजनिक

धनकुटाका सात वटै तहका एमाले उम्मेदवार सार्वजनिक

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाका सातवटै स्थानीय तहका सम्पुर्ण उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । एमाले धनकुटाले बिहीबार पत्रकार सम्मेलन गरी जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवारहरु सार्वजनिक गरेको हो । एमालेले धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ्ग र उप–मेयरमा शकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ । त्यस्तै बृषबहा...
प्रदेश नं २ को निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

प्रदेश नं २ को निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

काठमाडौँ। नेकपा (एमाले)ले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ । पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पटक पटकका वार्तामा आफ्नो दलले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दि“दै आएको बताउँदै २ नं प्रदेशको निर्वाचन पछाड...
सीमा वारपार गर्न दिने सहमति

सीमा वारपार गर्न दिने सहमति

नवलपरासी। नवलपरासीसहित सीमावर्ती सुरक्षा निकायका प्रतिनिधिबीच दुवै देशका नागरिकलाई सहजरुपमा सीमा वार पार गर्न दिने सहमति भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत भारतसँग जोडिएको शीतलापुर नाकामा सीमा क्षेत्रमा रहेको नेपाल र भारतका सुरक्षा निकायका प्रतिनिधिबीच बुधबार यस्तो सहमति भएको हो । भारतीय अर्धसैनिक बल एसएसबीले नवलपरासीको दक्षिणी सीमामा आवतजावत गर्नेलाई दुव्र्यवहार गर्न थालेपछि नेपाल...
झापामा एघार हजार पिन्ट रगत आपूर्ति

झापामा एघार हजार पिन्ट रगत आपूर्ति

झापा। चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ । जिल्लाको तीनवटा ब्लड बैंक र तीन वटा ब्लड युटिनबाट उक्त परिमाणमा रगत उपलब्ध गराइएको नेपाल रेडक्रस सोइसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । जिल्लामा रगतको मागसँगै आपूर्ति पनि बढ्दै गएको छ । आव २०७०÷७१ मा नौ हजार पिन्ट, २०७१÷७२ मा १० हजार ७५० र आव २०७२÷७३ मा १० हजार १९५ पिन्...
कोरला नाकामा व्यापार मेला

कोरला नाकामा व्यापार मेला

मुस्ताङ । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा बर्सेनि आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यस वर्ष सीमा क्षेत्रका नेपालीलाई परिचयपत्र अनिवार्य गरिएको छ । दश दिनसम्म सञ्चालन हुने सो मेलाका लागि चिनियाँ र नेपाली व्यापारी सीमा क्षेत्रमा पुगिसकेका छन् । गत वर्षसम्म परिचयपत्र बिना सीमा क्षेत्रका व्यापारीलाई चिनियाँ पक्षले सहजै प्रवेश दिएको थियो ...
बुबाछोरा उम्मेदवार

बुबाछोरा उम्मेदवार

बैतडी। बैतडीको पुरचौडी नगरपालिका–७ मा वडा अध्यक्ष पदका लागि बुबाछोरा उम्मेदवार बनेका छन् । पुरचौडी नगरपालिका–७ मा नेकपा (एमाले)का तर्फबाट ६८ वर्षीय नागी साउद अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ भने उहाँका छोरा उज्ज्वल साउद नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ । नाताले बुबाछोरा भए पनि वैचारिक भिन्नता भएपछि आफूहरु अलगअलग पार्टीबाट उम्मेदवार बनेको उज्ज्वल साउदले बताउनुभयो ।...
सेल सेप्रेसन उपकरण सञ्चालनमा

सेल सेप्रेसन उपकरण सञ्चालनमा

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तकोष छुट्याएर आवश्यक रगतमात्र शरीरबाट बाहिर तान्ने सेल सेप्रेसन उपकरण सञ्चालनमा आएको छ । चिनियाँ सरकारको सहयोगमा प्राप्त यो उपकरण विश्व रक्तदाता दिवसको अवसर पारेर बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार आरबिसी, डब्लुबिसी, प्लेटलेट्सलगायत अन्य आवश्यक रक्तकोषमात्र शरीरबाट झिक्ने काम यो उपकर...
झापामा फस्टाउँदै मकैखेती

झापामा फस्टाउँदै मकैखेती

सुरुङ्गा (झापा)। झापामा बर्सेनि मकैको उत्पादन वृद्धि हुँदै गएको छ । मकैखेतीका लागि हावापानी अनुकूल र उन्नत जातका बीउ प्रयोग गरेसँगै मकै उत्पादनमा वृद्धि हुँदै गएको हो । विसं २०७१ मा जिल्लामा ३२ हजार ७०० हेक्टर जग्गामा गरिएको मकैखेती अहिले ३७ हजार ९०० हेक्टरमा लगाइएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी शीतल भट्टराईले जानकारी दिनुभयो । राष्ट्रिय कृषि गणना २०६८ को तथ्याङ्क अनुसार मकै ...
स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

जुम्ला । चन्दननाथ नगरपालिका जुम्लामा औपचारिक कार्यक्रम गरी आज स्वास्थ्य बिमाको सदस्यता दर्ता प्रारम्भ भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै सांसद डिल्लीप्रसाद काफ्लेले जनताको आधारभूत स्वास्थ्य निःशुल्क हुने संविधानमा व्यवस्था गरेअनुसार सरकारले यो कार्यक्रमको सुरुवात गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले कर्णालीवासीका लागि स्वास्थ्य बिमा कार्यक्रम निकै लाभदायी हुने औँल्...
तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

ml तेह्रथुम । जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो लगाएको हो । एमालेले पत्रकार सम्मेलन गर्दै जिल्लाका सबै स्थानीय तहमा गरी २२६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । एमालेले जिल्लाका छवटै...
दूध बेचेर मासिक असी हजार आम्दानी

दूध बेचेर मासिक असी हजार आम्दानी

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गानाले अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थाल्न...
मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित

मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित

चौतारा। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धारित समयभित्र पूरा नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकास्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने काम अझै बाँकी भएकाले आगामी दशैँ अगाडि राजधानीवासीलाई पानी खुवाउन असमर्थ रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनुभय...
संविधान संशोधनलाई अगाडि सारेर निर्वाचनलाई नबिथोलौं : एमाले

संविधान संशोधनलाई अगाडि सारेर निर्वाचनलाई नबिथोलौं : एमाले

भक्तपुर । नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ । केपी ओली निवास बालकोटमा आज बसेको स्थायी कमिटीको बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उह...
error: Content is protected !!