- रबिन कटेल/संगालोखबर

धनकुटा। विश्व रक्तदान दिवसको अवसर पारेर बुधबार धनकुटाको हिलेमा गरिएको रक्तदान कार्यक्रममा १ सय १२ पिन्ट रगत संकलन भएको छ । एकै कार्यक्रममा यत्ति धेरै रगत संकलन भएको धनकुटाको यो पहिलो रेकर्ड हो ।

रेडक्रस दिवसको अवसरमा ०७२ भदौ १९ गते यसअघि सवैभन्दा बढी ९४ पिन्ट रगत संकलन भएको थियो । त्यसपछि धेरै रगत संकलन भएको यो पहिलो रेकर्ड बनेको जिल्ला रेडक्रस सभापति नरेन्द्र पोख्रेलले जानकारी दिए ।

हिले ब्याडमिन्टन क्लवले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगत संकलनका लागि नेपाल रेडक्रस सोसाईटी सुनसरीको टोली आएको थियो । कार्यक्रममा ब्याडमिन्टन क्लवका सदस्यहरु, हिलेका स्थानीयबासी, प्रहरी, म्यादी प्रहरी, नेपाली सेना लगायत १ सय १२ जनाले रक्तदान गरेको हिलेका ब्यवसायी एवं ब्याडमिन्टन क्लवका सस्थापक आजिवन सदस्य उज्वल कट्टेलले जानकारी दिए ।

रक्तदानका लागि उल्लेख्य मात्रामा मानिसहरु आएका थिए । रक्तदानका लागि आएका कतिपय मानिसहरु रगत दान गर्न नपाएर त्यसै फर्किनु परेको थियो । धेरै रगत संकलन भएपछि त्यसलाई ब्यवस्थापन गर्न समस्या हुँदा करिव ५० जना मानिस रक्तदान गर्न नपाएर त्यसै फर्किएको हिले ब्याडमिन्टन क्लवका अध्यक्ष राम गोङ्वाले बताए ।

रगत रंकलनका लागि ‘ब्लड ब्याग’ पनि अभाव भएको थियो । रेडक्रस जिल्ला सभापति पोख्रेलका अनुसार सोचेको भन्दो धेरै रक्तदाता भएकाले यस्तो स्थिती आएको हाे।

धनकुटामा बिभिन्न अवसर पारेर रक्तदान गरिदै आएको छ । एक पटकको रक्तदान कार्यक्रममा ५० पिन्ट हाराहारी रगत संकलन हुने गरेको रेडक्रसको तथ्यांक छ ।

रक्तदानका तस्वीरहरु हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!