चितवन। नारायणी र राप्ती नदीको बगरबाट ३५३ वटा घडियाल गोहीको अन्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रले हरेक वर्ष यो मौसममा गोहीको अन्डा पार्ने वासस्थानको खोजी गरी क्षति हुन सक्ने सम्भावित ठाउँहरुको अन्डा सङ्कलन गर्ने गर्छ ।
प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्ती नदीमा सातवटा गोहीका गुँड फेला परेकामा पाँचवटा गुँडमा रहेका १३५ वटा अन्डा सङ्कलन गरिएको छ भने नारायणी नदीमा १२ वटा गोहीका गुँडमध्ये सातवटाबाट २१८ वटा अन्डा सङ्कलन गरिएको छ । राप्तीका दुई र नारायणीका पाँचवटा गुँड सुरक्षित ठाउँमा रहेकाले ती गुँडलाई छाडिएको खड्काले बताउनुभयो ।

नदीको बगरमा गतवर्षको बाढीले बनाएको बालुवाको ढिस्कोमुनि गोहीले अन्डा पार्ने ठाउँ छ । खड्काका अनुसार पुरानो ढिस्कोमा गोहीले अन्डा पार्दैन ।

Advertisement

करिब ३० सेन्टिमिटर गहिराइमा अन्डाको माथिल्लो भाग देखिन्छ भने गहिराइ ९० सेन्टिमिटरसम्म गहिरो हुने गरेको उहाँले बताउनुभयो । सामान्यतयाः राप्ती र नारायणीमा गोहीले अन्डा पार्न बनाएका गुँड ५५ देखि ६० सेन्टिमिटर गहिराइमा पाइएको छ ।

गुँड पत्ता लगाउने आफ्नै विधि छ । पानी बाहिर निस्किएर गोही घस्रिएर गएको बाटो खोज्दै गुँड पत्ता लगाउनुपर्ने हुन्छ । गोही हेरचखह गर्नेले गोहीको गुँड पत्ता लगाउने गर्छन् । जसका लागि १० जना जनशक्ति परिचालन भएका थिए ।

बाढीले बगाउन सक्ने, मान्छेको चहलपहल बढी भएको, गैँडालगायतका दुर्लभ वन्यजन्तुले क्षति पु¥याउन सक्ने ठाउँका गोहीका अन्डा सङ्कलन गरिएका हुन् । गोहीले रातको समयमा मात्र अन्डा पार्ने गर्छ । खड्काका अनुसार गोहीले वर्षमा एकपटक यही याममा एकै रातमा १५ देखि ६० वटासम्म अन्डा पार्ने गर्छ । यहाँ भेटिएका गुँडमा ४०÷४५ वटासम्म अन्डा पारेको पाइएको उहाँले बताउनुभयो ।

सङ्कलित अन्डालाई निकुञ्जमा रहेको घडियाल प्रजनन केन्द्रमा राखिन्छ । बालुवाभित्र राखेका ती अन्डाबाट ६५ देखि ९० दिनमा बच्चा निस्कने उहाँले बताउनुभयो । कतिपय बच्चा आफैँ निस्कने र कतिपयलाई त्यहीका माउले निस्कन सहयोग गर्छन् ।

प्रजनन केन्द्रमा हाल ५०० वटा गोही छन् । बर्सेनि अन्डा सङ्कलन गरी बच्चा हुर्काउँदै लगिएको हुर्किएका बच्चा विभिन्न नदीमाबच्चा छोडिँदै आएको छ । हालसम्म एक हजार २४६ वटा गोहीका बच्चा हुर्काएर नदीमा छाडिएको खड्काले बताउनुभयो । चालु आवमा मात्र नारायणी र राप्ती नदीमा ९० वटा गोही छाडिसकिएको छ ।

यी दुई नदीसँगै कोसी, बबही र कर्णालीमा पनि गोही छाडिएको छ । विसं २०३५ मा सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको सङ्ख्या बढाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरिएको थियो ।

सोही समयदेखि नै नदीबाट अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर बच्चा हुर्काउन थालिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!