देवकला कार्की/संगालोखबर

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–६ राजारानीका न्युन आय भएका दलित परिवारलाई वंगुरका पाठा वितरण गरिएको छ । व्यवसायिक रुपमा वंगुर पालन गरि आयआर्जन बृद्धि गराउँने उद्देश्यले १४ परिवारलाई वंगुरका पाठा वितरण गरिएको हो ।

Advertisement

साविक राजारानी गाविसवाट विनियोजित दलित लक्षित कार्यक्रम अन्र्तगत ४९ हजार रुपैया वरावरका पाठा वितरण गरिएको दलित समन्वय समिति राजारानीका अध्यक्ष शान्तिकला विश्वकर्माले जानकारी दिइन् ।

उनका अनुसार दलित लक्षित कार्यक्रमका लागी विनियोजन गरिएको ९० हजार रुपैया मध्ये ४९ हजार रुपैया वरावरका वंगुरका पाठा वितरण गरिएको छ । वाँकी ३६ हजार रुपैया विपन्न दलित परिवारमा कुखुरा पालनका लागी घुम्ती कोष सञ्चालन गर्ने तयारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!