काठमाडौँ । लोकसेवा आयोगका हरेक गतिविधि अब मोबाइल एप्सबाट जानकारी लिन सकिने भएको छ ।

Advertisement

आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले सो मोबाइल एप्सको सार्वजनिक गर्नुभयो ।

गुगलबाट ‘पिएससी नेपाल’ मोबाइलमा डाउनलोड गरी मोबाइलबाटै विज्ञापन, परीक्षाको नतिजा र स्वीकृत नामावलीलगायत आयोगका प्रत्येक गतिविधिबारे जानकारी लिन सकिन्छ ।

त्यसैगरी आयोगले अनलाइन दरखास्त दिने व्यवस्थालाई थप सुधार गर्नुका साथै जतिसक्दो चाँडो अनलाइन पेमेन्टको समेत व्यवस्था गर्ने भएको आयोगले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति पुनले दुर्गम क्षेत्रका नागरिकका लागि लोकसेवासम्म सहज पहुँचको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

“बेलाबेलामा संवैधानिक निकायमाथिको निष्पक्षतामा प्रश्न र गुनासाहरू उठिरहेको सन्दर्भमा लोकसेवा आयोगको निष्पक्षतामाथि अहिलेसम्म कुनै प्रश्न उठेको छैन, यो आफैँमा सकारात्मक हो” – उहाँले भन्नुभयो ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकसेवा आयोग राजनीतिक पार्टीको प्रभावमा नपर्ने र जागिरको भर्ती केन्द्र भन्दा टाढै रहने संस्था हो भन्नुभयो । नेपालमा भनसुन उद्योग फस्टाउँदै गएको भन्दै प्रधानमन्त्री देउवाले त्यसमा आयोग नितान्त फरक र अलग रहेको बताउनुभयो ।
आयोगको परीक्षण प्रविधिमा सुधार ल्याउन र गुणस्तरमा अभिवृद्धि गर्न राजपत्राङ्कित प्रथम श्रेणी अप्राविधिकतर्फको पाठ्यक्रममा आमूल परिवर्तन गरिएको अध्यक्ष उमेश मैनालीले जानकारी दिनुभयो ।
आयोगले वार्षिकोत्सवको अवसरमा तीनजना कर्मचारीलाई यो वर्षको उत्कृष्ट कर्मचारी पुरस्कारसमेत प्रदान गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!