काठमाडौ । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि थोक प्रणालीको पाइप बिछ्याउने क्रममा शीतापाइला चोकमा भएको दुर्घटनामा परी मृत्यु भएका परिवारले बिमा र किरिया खर्चबापत ११÷११ लाख पाउने भएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयसँगको सम्झौताबमोजिम तेञ्जीङ रमण कन्ट्रसनले बिछ्याइरहेको थोक वितरण प्रणाली तीनअन्तर्गत शीतापाइला चोकमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै निधन भएको थियो ।

Advertisement

पाइप बिछ्याउनका लागि खनिएको खाल्टोमा पाइप राखेर माटोले सम्याउन खाल्टोभित्र छिरेका सप्तरी जिल्लाका सन्तोष दास र श्यामसुन्दर राम एवम् पर्वत जिल्लाका तेजप्रसाद केसीको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक तीनै जनाले सात महिनादेखि पाइप बिछ्याउने काम गर्दै आएका थिए । घटनापछि आज दिउँसो आयोजना कार्यान्वयन निर्देशनालय, निर्माण व्यवसायी र मृतकका आफ्न्तबीच भएको बैठकमा श्रम ऐन र ठेक्का सम्झौताबमोजिम मृतकका परिवारलाई सबै सुविधा हुने सहमति भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिनुभयो ।
बैठकमा निर्देशनालयका तर्फबाट प्रतिमृतक रु पाँच लाख र निर्माण व्यवसायीका तर्फबाट रु छ लाख गरी र ११ लाख दिने सहमति भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!