काठमाडौ। चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा नजिकै आज बिहान भएको सडक दुर्घटनामा स्थानीयवासी ७२ वर्षीया तुलसीमाया श्रेष्ठको मृत्यु भएको छ ।

Advertisement

काठमाडौँबाट भैरहवा सञ्चालन हुने लु १ ख ६४६६ नंको यात्रुवाहक बसले बिहान ६ बजे गुर्जुधारा नजिकै नेपाल टेलिकमको कार्यालयअगाडि ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै ज्यान गएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

थानकोटस्थित महानगरीय प्रहरी वृत्तले घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!