जनकपुरधाम। राष्ट्रिय जनता पार्टीद्वारा घोषणा गरिएको आमहडतालले आज तेस्रो दिन पनि जनकपुर क्षेत्र प्रभावित भएको छ ।

Advertisement

आमहडतालका कारण शैक्षिक प्रतिष्ठान, बैंक, कारखाना र बजार बन्द हुनुका साथै छोटो एवम् लामो दूरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

जनकपुर क्षेत्रमा इ–रिक्सा, साइकल र मोटरसाइकलमात्र सञ्चालनमा रहेका कारण सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या न्यून रहेको छ ।

सरकारी बैंकसमेत बन्द रहेका कारण सेवाग्राहीले निकै समस्या व्यहोर्नु परिरहेको छ ।

बन्दको असर सहरी क्षेत्रमा रहे पनि ग्रामीण क्षेत्रमा न्यून रहेको छ । ग्रामीण क्षेत्रका बजार खुला रहेका छन् ।

आमहडतालका कारण अहिलेसम्म कुनै पनि राजनीतिक दलद्वारा भोलि निर्धारण गरिएको उम्मेदवार मनोनयन दाखिलाका लागि उम्मेवारको नाम सार्वजनिक गरेका छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!