डोल्पा । डोल्पामा भाइरल ज्वरोको प्रकोपले तीन जनाले ज्यान गुमाएका छन् ।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले तीन जनाले ज्यान गुमाउन परेको हो भने त्यस्तै सयाँै सर्वसाधारण टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्याले थलिएका छन् ।

Advertisement

भाइरल ज्वरोकै कारणले मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको हो ।

तल्लो डोल्पाको विभिन्न गाउँमा महामारीको रुपमा फैलिएको भाइरल ज्वरोको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहित औषधि पठाइसकेको र वितरण सुरुभइकेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डा श्रीकान्त अग्रवालले जानकारी दिनुभयो ।

“जिल्लाबाट खटिएका स्वास्थ्यकर्मीले घरमै पुगेर जाँचसँगै औषधिसमेत वितरण गरेका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोको प्रकोप फैलिए पनि आत्तिनुपर्ने अवस्था छैन् डा अग्रवालले बताउनुभयो ।

अहिले तल्लो डोल्पाका गाउँको अवस्था सामान्य बन्दै गइरहेको उहाँले बताउनुभयो ।

डा अग्रवालले सङ्क्रमित बिरामीलाई उमालेको पानी पिउन, न्यानो कपडाको प्रयोग गर्न तथा प्रकोप फैलन नदिन सङ्क्रमित व्यक्तिले मास्क प्रयोग गर्नसमेत सुझाव दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!