गौशाला। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस महोत्तरी शाखाले उम्मेदवार टुङ्गो लगाएको छ ।

Advertisement

तीन नगरपालिका र १२ गाउँपालिकासहित १५ वटा स्थानीय तह रहेको महोत्तरीमा नेपाली काँग्रेसले प्रत्येक स्थानीय तहका प्रमुखको उम्मेदवारको टुङ्गो लगाइसकेको छ भने केही तहका उपप्रमुखको टुङ्गो लगाउन बाँकी रहेको जिल्ला सभापति महेन्द्रकुमार रायले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको जलेश्वर नगरपालिकाको प्रमुखका लागि अशोक साह र उपप्रमुखका लागि अनिता शर्माको नाम टुङ्गो लगाइएको छ । त्यस्तै बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारा महतो रहेका छन् भने गौशाला नगरपालिकाको प्रमुखमा मनु अधिकारी र उपप्रमुखमा सुशीला महतो रहेका छन् ।

काँग्रेसले जिल्लाको मटिहानी गाउँपालिकाको अध्यक्षमा उपेन्द्र चौधरी र उपाध्यक्षमा जुवेदा खातुन, पिपरा गाउँपालिकाको अध्यक्षमा राधारमण मिश्र र उपाध्यक्षमा रामवती देवी यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुशील झा र उपाध्यक्षमा श्यामादेवी पासवान, एकडारा गाउँपालिकाको अध्यक्षमा मनोज झा र उपाध्यक्षमा विनिता देवी तिवारी, बलवा गाउँपालिकाको अध्यक्षमा विनोद यादव र उपाध्यक्षमा रामदुलारी ठाकुर, भंगहा गाउँपालिकाको अध्यक्षमा ओम यादव र उपाध्यक्षमा सकुन्तलादेवी थारुको नाम छटुङ्गो लगाएको सभापति रायले बताउनुभयो ।

त्यस्तै रामगोपालपुर गाउँपालिकाको अध्यक्षमा राजाराम यादव, सोनमा गाउँपालिकाको अध्यक्षमा नवल यादव, मनरा गाउँपालिकाको अध्यक्षमा किशोरसिंह प्रितम, औरही गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, सम्सी गाउँपालिकाको अध्यक्षमा मोहम्मद रकिव र लोहारपट्टी गाउँपालिकाको अध्यक्षमा शैलेन्द्र यादवको नाम छनौट गरिएको छ ।
ती छवटा गाउँपालिकाको उपाध्यक्षको नाम टुङ्गो लगाउन बाँकी रहेको र आज बेलुकासम्म टुङ्गो लागिसक्ने उहाँले बताउनुभयो ।
माओवादी केन्द्र र नेकपा (एमाले) लगायत अन्य दलले भने आजसम्म पनि आफ्नो उम्मेदवारको टुङ्गो नलागिसकेको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!