युवतीले करोडपती वृद्धसँग विवाह गरिन्ः ३ महिनापछि थाहा भयो, श्रीमान् आफ्नै हजुरबुवा
एजेन्सी । अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् ।
गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको घरमा भएको पुरानो फोटो एल्बम हेर्दा आफूहरु हजुरबुवा नातिनी भएको थाहा पाएको बताएका छन् ।
उक्त एल्बममा उनका श्रीमानको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आ...
