खोटाङ,२५ असोज । अक्टोवर–११ अर्थात छैटौं अन्तराष्ट्रिय बालिका दिवस मनाईरहँदा खोटाङमा हिंसा तथा दुरव्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको संख्या दोब्बर बढी पाईएको छ ।

Advertisement

बालिका हिंसा : महिला तथा बालबालिका कार्यालयमा गत बर्ष आएका १९ वटा सो सम्बन्धी घटनामध्ये १३ जना बालिका र ६ जना बालक तथा यो बर्षको हालसम्म आएको ४ घटनामध्ये ४ वटै बालिका हिंसा तथा दुरव्यवहार रहेको तथ्याङकमा उल्लेख छ ।

समस्या : ४९ दशमलब ८ प्रतिशत बालबालिका रहेको जिल्लामा बिद्यालयमा बढी बाल हिंसाका घटना हुने गरेको पाईएको महिला तथा बालबालिका कार्यालयका बाल संरक्षक नायब सुब्बा बिदुर आचार्यले बताए ।

बढी मात्रामा बालिका यौन हिंसा तथा दुरव्यवहारका घटना हुने जिल्लामा बालगृहको ब्यवस्था नहुनाले पनि यो समस्या बढेको आचार्यको भनाई छ ।

बालगृहको निबेदन : महिला तथा बाल बिकास कार्यालयले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पटक–पटक बालगृहको लागि निबेदन गरे पनि हाल सम्म जिल्लामा बालगृह सञ्चालन हुन सकेको छैन ।

चुनौति : कतिपय बाल हिंसा तथा दुब्र्यवहारका घटना प्रकाशमा नआउनु तथा दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नु पनि चुनौतिको बिषय बनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!