काठमाडौं, २५ असोज । कर्मचारी समायोजन विधेयक २०७४ पारित भएको ४ दिनपछि लोकसेवा आयोगले  राजपत्रांकित प्रथम र द्धितिय (सहसचिव र उपसचिव)  पदमा भर्ना आह्वान गरेको छ ।

Advertisement

व्यवस्थापिका संसद बैठकबाट यही असोज २१ गते  पुरानो दरबन्दीमा नयाँ विज्ञापन गर्न पाउने व्यवस्था गरी  विधेयक पारित गरेपछि आयोगले आज  सो पदमा भर्ना आह्वान गरेको  हो ।

आयोगले अप्राविधिक  तथा प्राविधिक तथा स्वास्थ्य सेवाका लागि ११ औं र नवौं तहका लागि आन्तरिक प्रतिस्पर्धा, खुल्ला तथा समावेशी प्रतियोगितात्मक  लिखित परिक्षाको लागि विज्ञापन आह्वान गरेको हो ।

 विभिन्न सेवा, समूह,  उपसमूह तथा श्रेणीमा गरिएको विज्ञापनको लिखित परीक्षा कार्यक्रम फरक फरक  मितिमा राखिएको छ ।
विज्ञापनअनुसार सहसचिव ८० र उपसचिव २६९ जना माग गरिएको छ ।

विज्ञापन हेर्नुहोस्ः

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!