- रबिन कटेल/संगालोखबर

धनकुटा, २४ असोज । आगामी मंसिर २१ गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले धनकुटाले २९ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ २४ जनाको नाम प्रदेश संगठन कमिटिमा सिफारिस गरिएको एमाले धनकुटाले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारमा प्रत्यक्ष तर्फ सिफारिस भएका उम्मेद्वारहरु ।

प्रतिनिधिसभामा ८ र प्रदेशसभामा २१ जना उम्मेद्वारको नाम सिफारिस गरिएको एमाले प्रचार बिभाग प्रमुख नैन विश्वकर्माले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसार प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र राईको नाम सिफारिस गरिएको छ ।

Advertisement

स्थानीय तह निर्वाचनमा जिल्लाका सात वटै स्थानीय तहमा पार्टीलाई जिताउन सफल भएपछि राईलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले धनकुटा आएर ‘म्यानअफ दी म्याच’ घोषित गरेका थिए ।

धनकुटाका सातवटै स्थानीय तहमा एमाले बिजयी भएपछि जिल्ला अध्यक्ष राईलाई अभिनन्दन गर्दै एमाले अध्यक्ष ओली । फाईल तस्वीर

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको छ । जसमा चन्द्र बस्नेत, भद्रमान घले, मानबहादुर चेम्जोङ, अर्जुन राई, रेवतबहादुर थापा, हिमा बस्नेत र घुममायाँ राई (सीमा) को नाम सिफारिसमा परेको छ ।

प्रदेशसभा अन्र्तरगत दुई वटा निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्षतर्फ १ नम्बर क्षेत्रबाट तीन जना र २ नम्बर क्षेत्रबाट एक जनाको नाम सिफारिस गरिएको छ ।

१ नम्बर क्षेत्रबाट पार्टी उप–सचिव निरन राई, सचिवालय सदस्य उमेश घिमिरे र १ नम्बर प्रदेश संगठन कमिटि सदस्य तथा सांसद टीकाराम चेम्जोङको नाम सिफारिसमा परेको छ ।

प्रत्यक्ष तर्फ १ नम्बर क्षेत्रबाट प्रदेशसभा उम्मेदवारमा सिफारिसहरु क्रमस निरन राई, उमेश घिमिरे र टिकाराम चेम्जोङ ।

क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा एमाले प्रदेश नं. १ का सल्लाहकार सदस्य इन्द्रमणी पराजुलीको नाम टुंगो लागेको छ ।

प्रत्यक्ष तर्फ २ नम्बर क्षेत्रबाट उम्मेद्वारमा सिफारिस इन्द्रमणी पराजुली ।

त्यस्तै प्रदेशसभाका लागि समानुपातिक तर्फ १७ जनाको नाम सिफारिस गरिएको छ । जसमा भीमबहादुर राई, नैन विश्वकर्मा, दिपक बुढाथोकी, डिल्लीश्वर दर्नाल, बिनादेवी राई, उठान मादेन, लालचन्द्र गोङवा, सावित्रा राई र भलकमान राईको नाम सिफारिस गरिएको छ ।

त्यस्तैगरी देवमान राई, अकलबहादुर माझी, लालकुमार राई, दिलबहादुर आठपहरिया, मनकुमारी तितुङ (तारा), गणेश पिठाकोटे मगर, बिष्णुबहादुर भुजेल र गोविन्द निरौलाको नाम सिफारिस गरिएको छ ।

दलित, महिला, आदिवासी जनजाति, अल्पसंख्यक, खसआर्य लगायत क्षेत्रबाट प्रतिनिधित्व गराएर उम्मेदवारको नाम सिफारिस गरिएको एमाले प्रचार बिभाग प्रमुख विश्वकर्माले बताएका छन ।

उम्मेद्वारको नाम सिफारिसका लागि पार्टी कार्यालयमा बसेको एमाले जिल्ला कमिटि बैठकमा सहभागिहरु ।

जिल्लाका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सुझावका आधारमा जिल्ला कमिटिले उम्मेदवारको नाम प्रदेश संगठन कमिटिमा सिफारिस गरेको हो ।

अव प्रदेश हुँदै पार्टीको स्थायी समितिको बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने एमालेले जनाएको छ । असोज मसान्त भित्रमा उम्मेद्वारको टुंगो लाग्ने बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!