काठमाडौं,२४ असोज । भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको काम राष्ट्रिय पुननिर्माण प्राधिकरण आफैले गर्ने तयारी गरेको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले धरहरा पुनर्निर्माणको काम प्राधिकरण आफैले गर्नुपर्ने अवस्था आएको बताए ।

Advertisement

उनले धरहरा पुनर्निर्माणको काम गर्ने दावी गर्दै आएको काठमाडौं महानगरपालिकाको क्षमतानै नभएको दावी समेत गरे ।
धरहरा पुनर्निर्माणबारे छलफल गर्न आयोजित मंगलबार आयोजित सरोकारवाला निकायबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले धरहरा पुनर्निर्माणका लागि सरोकारवाला निकायहरुसँग क्षमता नभएको कुरालाई स्विकार गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे ।

 धरहरा पुनर्निर्माणको काम गर्न पुरातत्व विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायले चासो दिँदै आएका छन । तर ती सबै निकायले धरहरा बनाउने सोच बनाएपनि उनीहरुसँग सो काम पूरा गर्ने क्षमता नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निष्कर्ष छ ।

प्राधिकरणले धरहरा निर्माणका लागि सरोकारवाला निकायहरुबीच एक्सन कमिटी बनाउने र त्यसको विस्तृत डिजाईन गर्ने काम भने कुनै ‘कन्सल्टयान्ट’ लाई दिने योजना समेत बनाएको छ । धरहराको पुनर्निर्माणको काम कसलाई दिने भन्ने सम्बन्धमा तयार पारेको प्रस्ताव मन्त्रीपरिषदमा विचाराधिन अवस्थामा छ ।

 राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले धरहरा पुनर्निर्माणको काम आफैले गर्ने वा कसलाई दिने भन्ने निर्णय गर्ने काम प्राधिकरण आफैको भएको पनि प्रस्तावमा उल्लेख गरिएको स्पष्ट पारे ।

 भूकम्प गएको साढे २ वर्ष बित्दा समेत विश्व सम्पदा सूचिमा सूचिकृत धरहराको पुनर्निर्माणको काम सुचारु नभएकोमा सर्वत्र आलोचना हुँदै आएको छ ।

केपी ओली नेतृत्वको सरकारले ‘मेरो धरहरा म आफै बनाउछु’ भन्ने अभियान सुरु गरेपनि त्यसले अझै ठोस आकार लिन सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!