धादिङ,२४ असोज । उत्तरी धादिङको गुम्दीबाट सदरमुकाम धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ४७८ नम्बरको यात्रुबहाक बस मंगलबार दिउँसो नीलकण्ठ नगरपालिका वडा नम्बर १२ कुमालगाउँमा दुर्घटना हुँदा ४३ यात्रु घाइते भएका छन् ।

Advertisement

दुर्घटनापछि स्थानीयबासी, रेडक्रसकर्मी, नेपाल प्रहरी लगायतले उद्धार गरेका छन् । अहिले सबै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको उद्धारमा खटिनुभएका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

गम्भीर घाइते भएकामध्ये ६ जनाको थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको छ । एकै पटक ठूलो संख्यामा बिरामीहरु जिल्ला अस्पतालमा उपचारका लागि आएपछि अस्पतालले भुइमै राखेर उपचार गरेको थियो ।

चाडबाडको बेला सदरमुकाम किनमेल गर्न र भूकम्प प्रभावितको दोश्रो किस्ताको रकम लिन सदरमुकाम आएका यात्रुहरु खचाखच भरिएको यात्रुबस अत्याधिक गतीमा गुडेको थियो ।

साङकोष तिप्लिङ सडक मार्गमा पर्ने त्यस स्थानमा अत्याधिक गतीका कारण सदरमुकाम नजिकै एउटा सानो मोडबाट बस खेतमा खसेको थियो ।

साँघुरो सडकमा अत्याधिक गतीमा गाडी गुडेपछि गाडी अगाडि परेका अन्य अन्य गाडीले मेत साइड छाड्नु परेको थियो । दुर्घटनाको कारण चालकको लापहरबाही भएको घाइते यात्रु जीतबहादुर घलेले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!