सर्लाही,२५ असोज । सर्लाहीको कबिलासी ३ पिपरिया मा अज्ञात समूहको आक्रमणबाट मंगलबार राति व्यवसायी सुनिल साहको हत्या भएको छ ।

Advertisement

२७ वर्षीय साह सुनचाँदी व्यवसायी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवम प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार,
-साह हरिपुर नगरपालिका पिडारी बजारमा व्यवसाय गर्दै आएका थिए ।
-उनी आफ्ना बुवासँगै पसल बन्द गरेर साँझ घर पिपरियातर्फ मोटर साईकलमा आउँदै थिए ।
-तीन जनाको समूहले बीच बाटोमा उनको मोटर साईकल रोके ।
-उक्त समूहले सुनचाँदीको ब्याग छोरा सुनिलसँग मागे ।
-साहले उक्त ब्याग दिन मानेनन् ।
-ब्याग नदिएपछि छोराको गर्दनमा गोली प्रहार गरेको बाबू नागेन्द्र साहले बताए ।
-छोरा लाई गोलि लागेको देखेपछि बाबु पनि अचेत भए ।
-उनीसँगै रहेको सुनचाँदीको ब्याग लिएर उक्त समूह भाग्न सफल भए ।
-घाईते सुनिलको उपचारका  लागि जिल्ला अस्पताल मलङ्वामा पुर्याईयो ।
-उपचारकै क्रममा उनको ज्यान गयो ।

गोली हानी हत्यागरेको दाबी गरेको भए पनि पोस्टमार्टम रिपोर्टपछि वास्तविकता पत्ता लाग्ने प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक मौसुउद आलम खा नेतृत्वको टोलीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!