हाम्रो पात्रो

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन । मन खुसि रहनेछ ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धेरैले बिश्वास गर्नेछन । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन भने रमाइलो यात्राको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नसोचेको धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाईको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय साथीभाईसंग रमाइलोमा बित्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आम्दानी प्रशस्तै बढ्नेछ । परिवारसंग मनमुटाब हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ब्यापार ब्यबसायबाट त्यति लाभ मिल्नेछैन । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!