आयुर्वेद विभागको बेथिति : २४ वर्ष तलब भत्ता वितरणमै बित्यो, निःशुल्क वितरण गरिने ६८ वटा औषधि हटाइयो
काठमाडौं,२४ असोज । जडीबुटी नेपालको आम्दानी गर्ने एउटा मुख्य स्रोत हो । नेपालमा भएका जडीबुटी सङ्कलन र प्रशोधन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ । नेपालका अधिकांश स्थानका नागरिक कुनै न कुनै माध्ययनबाट आयुर्वेदिक औषधि अर्थात् जडीबुटी प्रयोग गर्नेमा पर्छन् ।
तथ्याङ्कलाई नै आधार मान्ने हो भने पनि ७० प्रतिशत नेपालीले औषधिको रूपमा आफ्नै गाउँठाउँमा पाइने जडीबुटी प्रयोग गर्दै आएका छन् । तर जडीबुटीक...



















