१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च : भारतबाट आए ४० गाडीमा तीन सय जन्ती
नेताको घरमा आए भारतबाट ४० गाडीमा तीन सय जन्ती
फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए । मात्र प्रतीक्षा थियो जन्तीको । राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडीमा तीन सय जन्ती मण्डपमा भित्रँदा बेहुलीका अभिभावकको अभिमानसमेत बढेको थियो...















