समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना : प्रचण्ड
काठमाडौँ, ९ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताउनुभएको छ ।
लक्ष्मण पन्तले लेख्नुभएको ‘आधुनिक नेपालको इतिहास ( विसं १७४३–१९५५)’ पुस्तक आज यहाँ विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसद्को अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया शुरु भएकाल...






















