सिधुवाको सिंहदेवीलाई खुल्ला फुटवलको उपाधी

सिधुवाको सिंहदेवीलाई खुल्ला फुटवलको उपाधी

सिधुवा (धनकुटा) । धनकुटाको सिधुवा स्थित सिंहदेवी युथ क्लवले तेह्रथुमको लालिगुँरास नगरपालिकामा सञ्चालित खुल्ला फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । लालिगुँरास नगरपालिका स्थित चित्रेमा भएको खेलमा ट्राइवेकर मार्फत रियल लसुने क्लवलाई ५–४ गोल अन्तरले हराउँदै सिंहदेवी क्लवले उपाधी जितेको हो । खेलको २० औं मिनेटमा सांङे सेर्पाले गोल गर्दै सिंहदेवीका लागि गोलको खाता खोलेका थिए । ५९ औं मिनेटमा र...
भद्रपुर विमानस्थलमा एक्सरे

भद्रपुर विमानस्थलमा एक्सरे

भद्रपुर। भद्रपुर विमानस्थलमा अबदेखि एक्स–रे मेसिनबाट जाँच प्रक्रिया सुरु हुने भएको छ । लामो समयदेखि प्रहरीबाट नै जाँचपडताल हुँदै आएकामा सरकारले एक्सरे मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्सरेबाट जाँच हुने भद्रपुर विमानस्थल कार्यालयले जनाएको छ । यस्तो यन्त्रको प्रयोगले प्रतिबन्धित वस्तुको ओसारप्रसार नियन्त्रणमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । यसैबीच विमानस्थलको स्तरोन्नतिका लागि जाइका अन्त...
अब ‘एक शैक्षिक संस्था एक उद्यम’

अब ‘एक शैक्षिक संस्था एक उद्यम’

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ‘एक शैक्षिक संस्था एक उद्यम’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आवदेखि विद्यार्थीलाई उद्यमतिर आकर्षित गर्न ‘एक शैक्षिक संस्था एक उद्यम’ कार्यक्रम सञ्चालन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिनुभयो । परिषद्ले विद्यालय र क्याम्पस तहका शैक्षिक संस्थामा अभियान सञ्चालन गर्ने योजना बनाएको छ । ढुंगेलका अनुसार कार्यक्रम लागु भएप...
व्यवस्थापिका– संसद्को बैठक : संशोधनदेखि छाउपडी प्रथा विषयबारे छलफल

व्यवस्थापिका– संसद्को बैठक : संशोधनदेखि छाउपडी प्रथा विषयबारे छलफल

काठमाड‌ौं। व्यवस्थापिका– संसद्को अाइतबारको बैठकमा मन्त्रिपरिषद्को विस्तारमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै आगामी माघ ७ गतेभित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग भएको छ । बैठकको विशेष समयमा नेपाली काँग्रेसका बलबहादुर केसीले स्थानीय तहको दोस्रो तहको निर्वाचनमा उम्मेदवारी दिने क्रममा सोलुखुम्बु, नेचा–सल्यान गाउँपालिका– ६ मा आफू र काँग्रेसका वडाध्यक्षका उम्मेदवार टङ्कबहादुर कार्की...
भक्तपुरमा सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द

भक्तपुरमा सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द

भक्तपुर। पहिलो पटक आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द भएको छ । यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजी वे ट्रायल सेन्टर’ प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा आजदेखि निःशुल्क सञ्चालन गर्ने सम्झौता सेन्टरसँग गरे पनि मोटरसाइकल प्रयोग गरेबापत प्रत...
दुई हजार थान लागुऔषध सहित दुई पक्राउ

दुई हजार थान लागुऔषध सहित दुई पक्राउ

काठमाडौँ। प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आज पक्राउ गरेको छ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडाै, बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेकामा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिनुभयो । निजहरुक...
बेडरूममा काटेको कागती राख्दा हुनेछ अचम्मका फाइदा

बेडरूममा काटेको कागती राख्दा हुनेछ अचम्मका फाइदा

एजेन्सी । कागतीले खानेकुरालाई स्वादिष्ट बनाउने मात्र होइन, यसको स्वच्छ सुगन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । कागतीमा धेरैथरी एन्टीसेप्टिक र एन्टीब्याक्टेरियल सामग्रीहरू उपलब्ध छन् । आफ्नो ओच्छ्यानको छेउमा कागतीका टुक्रा राख्दा तपाईंलाई शारीरिक र मानसिक फाइदा हुन्छन् । रातभरि कोठामा कागती राख्दा रुघा र श्वासप्रश्वासको समस्या पनि निको हुन्छ । कागतीको टुक्रा अत्यन्त सकारात्मक र पुनर्ताजगी दिन...
पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग

पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग

काठमाडौँ । नेपाल प्रेस युनियनले युनियन बाजुराका अध्यक्ष छक्कबहादुर मल्ललाई प्रहरीले घटनाको गहिराइमा नपुगी नियन्त्रण लिएको भनी दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गरी राजनीतिक प्रतिशोध साँधी नेकपा (एमाले)का कार्यकर्ताले झुठा मुद्दा दायर गरी प्रहरीलाई नियन्त्रणमा लिन लगाएको तथा तीन साताअघि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी सदरमुकाम मार्तडी फर्कने क्रममा उ...
कास्की काँग्रेसका छ जना कारबाहीमा

कास्की काँग्रेसका छ जना कारबाहीमा

पोखरा। नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ ले छ जनालाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेकामा उनीहरुलाई कारबाही गरिएको समितिका सभापति पोषनाथ शर्माले जानकारी दिनुभयो । कारबाहीमा पर्नेमा माछापुच्छे गाउँपालिका वडा नं ३ घाचोकका अध्यक्षका बागी उम्मेदवार बेलबहादुर गुरुङ, उहाँको प्रचारप्रसार समितिका संयोजक मीनबहादुर गुरु...
सुनको भाउ बढ्यो,यति छ आज

सुनको भाउ बढ्यो,यति छ आज

काठमाडौं। आज सुनको मूल्य एकै दिन ४ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजोसम्म सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीमा १० रुपैयाँ बढेर प्रतितोला ७ सय ४० रुपैयाँ पुगेको छ । हिजोसम्म चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काँग्रेस : निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गरिने

काँग्रेस : निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गरिने

त्रिशूली। स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गर्न नेपाली कांग्रेस नुवाकोटले छानबिन समिति गठन गरेको छ । कांग्रेसको शनिबार विदुरमा बसेको बैठकले पार्टीका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिका सदस्यमा शिव दाहाल र महेन्द्र थिङ रहनुभएको छ । समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको अध्यक्षतामा बसेको ...
नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो पहिरो, यातायात अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो पहिरो, यातायात अवरुद्ध

नारायणगढ। मुग्लिन सडकखण्डको कालीखोला र चेपाङ डाँडाको बीचमा शनिबार अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका ईञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट दुई दशमलव तीन किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो ।  पहिरोले ३० मिटर जति सडक ढाकेको खनालले बताए । अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाउन नसकिएको उनले बताए । सोही ठाउँमा ...
गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई गरे आर्थिक सहयोग

गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई गरे आर्थिक सहयोग

गुल्मी।  गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई रु एक लाख आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नं ३ निवासी हाल कतारमा रोजगारीको सिलसिलामा कार्यरत रहनुभएका समाजसेवी लोकबहादुर केसीले मुसिकोट नगरपालिका वडा नं १ बांगेमा रहेको भगवती निम्न माध्यमिक विद्यालयमा कम्प्युटर खरिद गर्न रु ५० हजार र सोही नगरपालिका वडा नं २ को देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका लागि रु...
सामाजिक विषयका शिक्षक संगठित

सामाजिक विषयका शिक्षक संगठित

काठमाडौँ। विद्यालय तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकले आफूहरुको संस्था स्थापनाका लागि तदर्थ समिति गठन गरेका छन् । विश्व निकेतन विद्यालयमा शनिबार भएको भेलाले शिक्षक महेन्द्र विष्टको संयोजकत्वमा डिल्ली शर्मा, गोविन्द भण्डारी, ज्ञानबहादुर अधिकारी, सुशीला ढकाल, ध्रुव थापा, माधव दाहाल, शान्ता ढकाल, नारायण नेपाल, रामेस्वार्थप्रसाद रौनियार र सूर्यबहादुर गुरुङ सदस्य रहेको समिति गठन गरेको हो । समिति...
म्याङ्लुङको खोरुंगा र कोयाखोलामा पुल नहुँदा यातायातमा समस्या

म्याङ्लुङको खोरुंगा र कोयाखोलामा पुल नहुँदा यातायातमा समस्या

तेह्रथुम । जिल्लाको पूर्र्वी क्षेत्रलाई सदरमुकामसँग जोड्ने एकमात्र म्याङ्लुङ–सक्रान्तिबजार सडकखण्डअन्तर्गतका खोरुंगा र कोयाखोलामा पुल नहुँदा यातायात अवरुद्ध भएको छ । दुवै खोलामा पुल नहुँदा चार वर्षदेखि खोलाको बीचबाट जोखिम मोलेरै यातायात सञ्चालन हुने गरे पनि वर्षात्को समयमा पानीको बहाव बढेपछि वर्षेनी यातायात अवरुद्ध हुने गरेको छ । यो वर्ष पनि पानीको बहाव बढेपछि कोयाखोलाबाट सवारी आवतजावत गर्न नसके...
साना विकास आयोजना नवीकरण गर्न भारतको चर्को दबाब

साना विकास आयोजना नवीकरण गर्न भारतको चर्को दबाब

काठमाडौं । भारतले साना विकास परियोजना (एसडिपी) कार्यक्रम निरन्तरताका लागि नेपालको उच्च राजनीतिक तहमा दबाब दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि भारतीय पक्षबाट उक्त कार्यक्रम नवीकरणका लागि दबाब आएको हो। साना विकास परियोजना कार्यक्रमको म्याद ५ अगस्टमा सकिँदै छ। उक्त कार्यक्रमको निरन्तरताका लागि नेपाल–भारतबीच नवीकरण सम्झौता आवश्यक हुन्छ। उच्च सरकारी अधिकारीले भारतको साना विकास पर...
कांग्रेस बैठकमा गुनासैगुनासाः कसले के भने ?

कांग्रेस बैठकमा गुनासैगुनासाः कसले के भने ?

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासैगुनासा राखेका छन् । संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘पहिलो र दोस्रो चरणको निर्वाचन भयो । हामी दोस्रो नम्बरमा आयौँ । यसको पनि समीक्षा गरौँ । २ नम्बर प्रदेशमा पनि निर्वाचन हुँदै छ, यसका लागि पनि पार्टीलाई कसरी प्रभावकारी ढंगले...
२०७४ साउन ८ गते आइतबारको राशिफल

२०७४ साउन ८ गते आइतबारको राशिफल

मेष– साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ । वृष– मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन, पढाइमा पनि प्रगति होला । मिथुन– मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ । कर्कट– सुखबाट टाढा हुनुपर्ने समय छ साथै गरेका काममा सफलता नमिल्ने देखिन्छ, नचाइने ठाउमा धनको नाश होला । सिंह– रोकिएका अधुरा कार्य मिल्ने...
राष्ट्रिय जनमोर्चा रौतहट(माओवादी केन्द्र) मा विलय

राष्ट्रिय जनमोर्चा रौतहट(माओवादी केन्द्र) मा विलय

काठमाडौँ।  राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति नेकपा (माओवादी केन्द्र)मा विलय भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्षसहित सम्पूर्ण समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको हो । कार्यक्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लखिन्द्र साह, केन्द्रीय सदस्य जगमन्न राम, जिल्ला सचिव लक्ष्मणकुमार राम, जिल्ला सदस्य वीरे...
गोदावरीदेखि रत्नपार्कसम्म सिधा बस सेवा

गोदावरीदेखि रत्नपार्कसम्म सिधा बस सेवा

ललितपुर। आजदेखि गोदावरी नगरपालिका, चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन भएको छ । सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जनताको सुविधाका लागि बस सेवा सञ्चालन गरेको बताउँदै बस सेवाले नगरवासीलाई सहज बनाएको छ भन्नुभयो । उहाँले नगरवासीले पाउने सुविधामा कुनै सम्झौता हुन सक्दैन भन्दै गोदावरी नगरपालिकाभित्र चक्रपथ निर्माणको लक्ष्य रहेको जानकारी दिनुभयो । सर्वसाधारणला...
नदीजन्य बस्तुको चोरी निकासी बढ्दै

नदीजन्य बस्तुको चोरी निकासी बढ्दै

नवलपरासी। नवलपरासीमा नदीजन्य बस्तु (ढुंगा, गिट्टी, बालुवा)को जथाभावी उत्खनन् गरी त्यसको चोरी निकासी गर्ने कार्य बढ्दै गएको छ । नवलपरासीमा हाल ठेक्का नलागेका विभिन्न खोला नालाबाट दिनहुँ जसो नदीजन्य बस्तु चोरी निकासी मौलाउँदै गएपनि प्रहरी प्रशासन मौनछ । प्रहरी प्रशासनको संरक्षणमा दिनहुँजसो विभिन्न खोला नालाबाट खोला जन्यबस्तु चोरी निकासी हुँदै आएको स्थानीयवासीको आरोप छ । दिउँसोको समयमा भन्दा पनि रा...
निर्वाचन अगाडि संविधान संशोधन हुनसक्दैनः पूर्व प्रम खनाल

निर्वाचन अगाडि संविधान संशोधन हुनसक्दैनः पूर्व प्रम खनाल

म्याग्दी। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन अगाडि संविधान संशोधन हुननसक्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले आज बेनीमा आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नयाँ संविधानपूर्ण नरहेको बताउँदै उहाँले स्थानीय, प्रदेश र राष्ट्रिय गरी तिनै चरणका नि...
कुन मन्दिर छ र त्यस्तो ? (कविता)

कुन मन्दिर छ र त्यस्तो ? (कविता)

कुन मन्दिर छ र त्यस्तो ? जहाँ रगत वलि दिनु भनि भन्छन भगवानले । कुन मन्दिर छ र त्यस्तो ? जहाँ दलित तिमी नआउ भनि भन्दछन भगवानले ।   कुन मन्दिर छ र त्यस्तो ? जहाँ पैसा भेटी माग्दछन भगवानले । कुन मन्दिर छ र त्यस्तो ? जहाँ पशु र पन्छिको वलि देउ भनि भन्दछन भगवानले ।   कुन मन्दिर छ र त्यस्तो ? जहाँ रगतले रंगाउनु मलाई भनि भन्दछन भगवानले । कुन मन्दिर छ र त्...
अदालतबाट सजाय सुनाइएका एक हजार कैदी फरार

अदालतबाट सजाय सुनाइएका एक हजार कैदी फरार

नुवाकोट। अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३७० वर्ष सात महिना २२ दिन कैद सजायँसहित रु एक करोड ९१ लाख ७२ हजार जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत, नुवाकोटले जनाएको छ । फैसला कार्यान्वयन प्रभावकारी बनाउन सर्वोच्च अदालतको निर्णयअनुसार २०७१ कात्तिक १ देखि अदालतको फैसलाको कैद, जरिवा...
सांसद लम्सालको पहलमा एम्बुलेन्स सेवा

सांसद लम्सालको पहलमा एम्बुलेन्स सेवा

फलेवास। पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ । पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७३÷७४ को बजेटमार्फत रकम उपलब्ध गराएपछि एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो । उक्त एम्बुलेन्स खरिद प्रक्रिया पूरा गरिसकिएको र अब केही दिनमै सञ्चालनमा ल्याउने तयारी भएको सांसद लम्सालले जानकारी दि...
सुप विविका चार संकायमा डिन नियुक्त

सुप विविका चार संकायमा डिन नियुक्त

कञ्चनपुर ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार चार संकायमा डिन नियुक्त गरेको छ । परिषद्ले विज्ञान तथा प्रविधि संकायका डिनमा सिद्धनाथ विज्ञान क्याम्पस भीमदत्तनगरका प्रमुख डा पूर्णबहादुर चन्द, व्यवस्थापन संकायका डिनमा कैलाली बहुमुखी क्याम्पसका पदमकान्त जोशी, शिक्षा संकायका डिनमा विश्वविद्यालयका सप्रा गोविन्द विष्ट र इन्जिनियरिङ संकायका डिनमा किशनदेव भट्टलाई नियुक्त गरेको हो । ...
नुहाउने क्रममा दुई बालकको मृत्यु

नुहाउने क्रममा दुई बालकको मृत्यु

कैलाली । कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार अपराह्न दुई बालकको डुबेर मृत्यु गएको छ । नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय सुरेशसिंह कठायत र बझाङ मष्टा घर भई घोडाघोडी नगरपालिकास्थित मामा घर आएका १८ वर्षीय सुरेश धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सडक ऐन मिचेर बनाइएका भौतिक संरचना हटाउन आग्रह

सडक ऐन मिचेर बनाइएका भौतिक संरचना हटाउन आग्रह

इलाम।  इलाम नगर कार्यपालिकाको पहिलो बैठकले नगर नियमावली र बैठक सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । नगर कार्यपालिकाको बैठकले नेपालको संविधान को भाग १७ को धारा २१६ बमोजिम नगर नियमावली २०७४, कार्यविभाजन २०७४ र बैठक सञ्चालन कार्यविधि २०७४ लगायत स्वीकृत गरेको छ । नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले प्रसूति स्याहार खर्चसम्बन्धी प्रतिवेदनका लागि उपप्रमु...
भूकम्पपीडितलाई आर्थिक सहयोग

भूकम्पपीडितलाई आर्थिक सहयोग

पोखरा। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ३९ औँ स्मृति दिवसका अवसरमा शुक्रबार भूकम्पपीडितलाई आर्थिक सहयोग र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीद्वारा आयोजित ‘वर्तमान अवस्थामा पुष्पलालको योगदान र जनप्रतिनिधिको दायित्व’ विषयको प्रवचन कार्यक्रममा कास्की जिल्लाअन्तर्गत भूकम्पबाट क्षति पुगेर पनि राज्यका तर्फवाट कुनै सुविधा नपाएका पाँच पर...
बांगाबगरमा पहिरो : महाकाली राजमार्ग अवरुद्ध

बांगाबगरमा पहिरो : महाकाली राजमार्ग अवरुद्ध

बैतडी ।गए राति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सतबाँझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ५ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीय बासिन्दा सुरेश श्रेष्ठले जानकारी दिनुभयो । बांगाबगरमा माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब श...
पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । बिहान ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो दुवैतर्फबाट पन्छाइएपछि बिहान ७ः२५ देखि सडक सञ्चालनमा आएको हो । सो सडकमा राति आवागमन रोकिँदै आएको छ । नारायणगढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट बिहान ५ बजे सवारी छाड...
error: Content is protected !!