हत्या आरोपी डेढ महिनापछि आफ्नै घरबाट पक्राउ
लहान, १३ मंसिर । करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मंगलबार साँझ साहको हत्या आरोपमा सिरहाको मिर्चैया नगरपालिका–१ रामपुरविर्ता निवासी २२ वर्षीय सोमन कापरीलाई पक्राउ गरेको हो ।
साहको हत्यामा कापरीको संलग्नता रहेको अनु...






















