रासस

आस्ताना, काजकिस्तान, ४ माघ। उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ ।

यात्रामा गुडिरहेको सो बसमा आगलागी भएको सङ्कटकालीन सेवा मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जानकारी दिएको छ ।

Advertisement

बिहीबार बिहान १०ः३० बजे भएको यस दुर्घटनामा दुई जना बस चालकसहित ५५ जना यात्रु सवार रहेका जनाइएको छ ।

पाँच व्यक्तिलाई भने उपचारार्थ अस्पताल लगिएको र त्यसमा पनि दुईको मृत्यु
भएपछि सो सङ्ख्या ५५ पुगेको बताइएको छ ।

मन्त्रालयले यस लागलागीको कारण भने खुलाएको छैन । यस समाचारको प्रारम्भिक सूचना मात्र प्राप्त भएको बताइएको छ ।

प्रहरीले बिहीबार साँझ सम्ममा मात्र उक्त दुर्घटनाको विस्तृत विवरण दिइने जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!