नयाँ दिल्ली, भारत, ४ माघ। भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।

उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ । “भारतको पूर्वी राज्य उडिसास्थित सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौँको सफल परीक्षण भएको छ, ” भारतीय रक्षा मन्त्री निर्मला सितारमणलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

Advertisement

अग्नी पाँचौँको परीक्षणसँगै भारतले रणनीतिक प्रतिरक्षा कमाण्डमा अर्को कोशेढुङ्गा थपिएको बताइएको छ ।
छोटो दुरीका क्षेप्यास्त्र ‘पृथ्वी’, ‘ धनुष’ बाहेक भारतले लामो दुरी प्रहार गर्नसक्ने ‘अग्नी–प्रथम’, ‘अग्नी –द्वित्तीय,’ र ‘अग्नी–तृत्तीय’ को सफल परीक्षण गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!