रासस

काठमाडौँ, ४ माघ। पूर्वउपराष्ट्रपति परमानन्द झाले धर्मनिरपेक्षताबारे नेपालमा जनमत संग्रह गराइनुपर्ने बताउनुभएको छ ।

नेपाल विश्व हिन्दू महासंघले आज आयोजना गरेको ‘स्वामी हेमानन्द गिरीको सम्मान’ कार्यक्रममा उहाँले कुनै व्यक्तिको खुशीका लागि मुलुकलाई धर्मनिरपेक्षता घोषणा गरिएको हो भन्दै अब त्यसबारे जनमत संग्रह गरेर छिनोफानो गर्नुपर्ने बताउनुभयो ।
“बहुसंख्यक जनताले अहिले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले धर्मनिरपेक्षता हुने कि हिन्दू राष्ट्र हुने भन्नेमा जनमत संग्रह हुनुपर्छ ।” उहाँले हिन्दू राज्यले नै नेपालको पहिचान दिने भएकाले हिन्दू राज्य आवश्यक भएको धारणा राख्नुभयो ।

Advertisement

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले हिन्दू राष्ट्र नेपालको पहिचान भएकाले धर्मनिरपेक्षता भएसँगै नेपालको पहिचान गुम्ने खतरा बढेको बताउनुभयो । सम्मानित स्वामी गिरीले आफूले नेपालमा हिन्दूराष्ट्र हुनुपर्ने माग राख्दै विभिन्न अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । महासंघका कावा अध्यक्ष शंकर पौडेलले विदेशीको इशारामा राजनीतिक दलले हिन्दू राष्ट्रलाई धर्मनिरपेक्षतामा परिवर्तन गरेको आरोप लगाउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!