रासस

मलेखु, धादिङ, ५ माघ। दुर्घटना कमी गर्नका लागि सामूहिक पहल आवश्यक भएकाले सबैले कुरा मात्र होइन दुर्घटनामा कमी ल्याउन काम गरेर देखाउने प्रतिबद्धतासहित बिहीबार धादिङको घाटबेँसीमा भएको सडक दुर्घटना न्यूनीकरणसम्बन्धी छलफल सकिएको छ ।
दुर्घटनामा कमी ल्याउनुपर्नेमा ठूला दुर्घटना भइरहेको अवस्थामा गजुरी गाउँपालिकाको आयोजना र नेपाल अटो मोबाइल्स एशोसिएशनको सहयोगमा सञ्चालित कार्यक्रममा जिल्लाका सरोकारवाला, राजमार्ग क्षेत्रको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितले गाउँपालिकाले रणनीति बनाएर दुर्घटनामा कमी गर्न लागिपर्ने प्रतिबद्धता जनाएका हुन् ।

हालै निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठी, प्रदेशसभा सदस्य शालिकराम जमरकट्टेल, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम भण्डारी, प्रहरी उपरीक्षक ध्रुवराज राउत, सबै सुरक्षा अंगका प्रमुख, राजमार्गमा पर्ने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले स्थानीय सरकारले नै दीर्घकालीन नीति बनाएर राजमार्गको सुरक्षा र यात्रुको सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

Advertisement

२०२४ सालमा खनिएको सडक हाल सवारी चापका कारण धान्न नसक्ने अवस्थामा पुगेको, ठूला सवारीसाधनका कारण राजमार्ग भत्किरहेको र अव्यवस्थित बालुवा प्रशोधन उद्योगले सडकलाई क्षतविक्षत पारेकाले यस्तो कार्य तत्काल रोक्न स्थानीय तहको सरकारले गुरुयोजना बनाएर लागिपर्ने बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताउनुभयो ।

हालका दिनमा सडक दुर्घटना मानिसको मृत्युको आठौँ कारण भएकाले आगामी २०३० सम्म पुग्दा तेस्रो कारण बन्न सक्ने भएकाले बेलैमा सबैको इच्छाशक्तिका कारण मात्र दुर्घटना कम गर्न सकिने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेकाले आफूले समेत सहयोग पु¥याउने नेपाल अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष गोविन्द भट्टराईले बताउनुभयो ।

विगत २० वर्षको तथ्यांक हेर्ने हो भने ६२ हजार मानिस गम्भीर किसिमको अंगभंग भएर बसिरहेकाले पनि राजमार्ग र यात्रुको सुरक्षा योजनाअनुसार काम गर्नुपर्ने उहाँको धारणा थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!