काठमाडौँ, ४ माघ। नेपाल र क्यानडाबीच रहेको कूटनीतिक सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल क्यानडा मैत्री तथा साँस्कृतिक संघले दुई मुलुकको दौत्य तथा कूटनीतिक सम्बन्ध कायम भएको ५३ औँ वर्षका अवसरमा आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले जनस्तरमा रहेको साँस्कृतिक सम्बन्धलाई वलियो बनाउन सुझाउनुभयो ।

Advertisement

आपूर्तिमन्त्री जयन्त चन्दले क्यानडाले नेपालमा जलविद्युत् र पर्यटनमा लगानीको अभिरुचि राखेको जानकारी दिँदै दुवै मुलुकका साँस्कृतिक सम्बन्धलाई जनस्तरमा पु¥याउनुपर्ने बताउनुभयो ।

संस्थाका संरक्षक हिरण्यलाल श्रेष्ठले क्यानडालीहरु पर्वतारोहणको क्षेत्रमा शौखिन भएकाले त्यसतर्फ उनीहरुलाई आकर्षित गराउनुपर्नेमा जोड दिनुभयो । प्रबुद्ध व्यक्ति समूहका डा भेषबहादुर थापाले नेपालमा क्यानडाको दूतावास स्थापनाका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । संघका अध्यक्ष प्रदीप खड्का, पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पा, लामो समयदेखि क्यानडा बसोबास गर्नुभएका मानकाजी श्रेष्ठलगायतले चिकित्सा र वातावरणका क्षेत्रमा क्यानडाले गरेको प्रगतिबाट नेपालले सिक्नुपर्ने र क्यानडालीलाई नेपालमा लगानी गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!