हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

इनरुवा, सुनसरी, १२ मंसिर । सुनसरीमा जंगली हात्तिको आक्रमणबाट दुई महिलाको ज्यान गएको छ । अर्की एक महिला गंभिर घाइते भएका छिन्। कोशी गाउँपालिका–३ मा सोमबार साँझ जंगली हात्तीले आक्रमण गर्दा ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदारको मृत्यु भएको हो। हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन्। उहाँको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जना...
हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटना (अपडेट)

हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटना (अपडेट)

हुम्ला, १२ मंसिर । हुम्लाबाट सुर्खेत उड्नलागेको तारा एयरको ९एन-एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् । हुम्ला विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो । जहाजको नोज कुच्चिएको छ । 'हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दाैडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दु...
महायज्ञमा बाह्र लाखभन्दा बढी रकम संकलन

महायज्ञमा बाह्र लाखभन्दा बढी रकम संकलन

कञ्चनपुर, १२ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा असिग्राम माध्यमिक विद्यालयको बृहत्तर विकासका लागि सञ्चालन गरिएको महायज्ञमा रु १२ लाख ४४ हजार ४७९ रकम संकलन भएको छ । मंसिर ३ गतेदेखि १० गतेसम्म सञ्चालन भएको महायज्ञबाट सो रकम संकलन भएको हो । एक सातासम्म सञ्चालन भएको महायज्ञमा कलशबाट रु तीन लाख ३४ हजार ४००, विभिन्न संघसंस्था र व्यक्तिबाट रु छ लाख ४९ हजार ७२०, तुलादानबाट रु २४ हजार ...
उत्तरी पर्वतको लोप्रेमा खानेपानीको हाहाकार

उत्तरी पर्वतको लोप्रेमा खानेपानीको हाहाकार

फलेवास, पर्वत, १२ मंसिर । यहाँको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकास्थित साविक लेखफाँट गाविसस्थित वडा नं ७ लोप्रे गाउँमा खानेपानीको हाहाकार मच्चिएको हो । नजिकमा पानीको भरपर्दो स्रोत नहुँदा वर्षौंदेखि स्थानीयवासीले खानेपानीमा समस्या खेप्दै आएका छन् । लोप्रेका ६६ घरधुरी खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् । वर्षायाममा गाउँ वरिपरि मूल उठ्ने भएकाले समस्या नभए प...
अव्यवस्थित बस्तीका सुकुम्बासी भन्छन् – रोजगारी र लालपूर्जा प्रदान गर्नेलाई भोट

अव्यवस्थित बस्तीका सुकुम्बासी भन्छन् – रोजगारी र लालपूर्जा प्रदान गर्नेलाई भोट

बुटवल, १२ मंसिर । अव्यवस्थित बसोबासीले आफूहरुलाई रोजगारी र लालपूर्जा प्रदान गर्नेलाई भोट दिने बताएका छन् । बुटवलको सबैभन्दा बढी अव्यवस्थित तथा सुकुम्बासी बस्ती बसोबास गर्ने वडा नं ११ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुले आफूहरुले रोजगारी र लालपूर्जाको माग धेरै अगाडिदेखि गर्दै आएको भन्दै अबको चुनावपछि यसको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् । उक्त वडामा सोमबार स...
मतदान अधिकृत सोमबारदेखि सम्पर्कविहीन

मतदान अधिकृत सोमबारदेखि सम्पर्कविहीन

बाजुरा, १२ मंसिर । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बी...
हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना

हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना

इटहरी, १२ मंसिर । उडान भर्ने क्रममा अघाडीकाे टायर पम्चर भएपछि हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेपछि बिमानमा उपस्थित चालक सहित ५ जना घाइते भएकाे जिल्ला प्रहरि कार्यालय हुम्लाले जनाएकाे छ । घटना बारे थप बिवरण अाउन बाकी छ ।
२ सय नेपाली विद्यार्थी समस्यामाः बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

२ सय नेपाली विद्यार्थी समस्यामाः बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम एन्ड डिस...
यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन

यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका मतपेटिका १२ दिनसम्म कडा सुरक्षाघेरामा राखिने भएको छ। उक्त अवधिमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले पनि मतपेटिका रुंग्नुपर्ने भएको छ। मतपेटिकाको सुरक्षाका लागि मतदानपछि लगाइएका प्रत्येक सिलमा नम्बर छ। आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार एउटा मतपेटिकामा ५ देखि ८ सिल छन्। ‘प्रत्येक सिलको नम्बर गणनापछि मतपेटिका बन्द गर्ने बेलाको मुचुल्कामा लेखिएको...
धनकुटालाई प्रादेशिक राजधानी बनाउँन बाम उम्मेदवारले जित्नै पर्छ: ईन्द्रमणी पराजुली

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन बाम उम्मेदवारले जित्नै पर्छ: ईन्द्रमणी पराजुली

धनकुटा, १२ मंसिर । बाम गठबन्धनको तर्फबाट धनकुटा क्षेत्र नम्बर २ का उम्मेदवार ईन्द्रमणी पराजुलीले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन बाम उम्मेदवारको जित आवश्यक रहेको बताएका छन । धनकुटाको मारेककटहरेमा आयोजित चुनावी अभियानलाई संबोधन गर्दै पराजुलीले यस्तो बताएका हुन । प्रदेशसभाले प्रदेशको राजधानी तोक्ने भएकाले प्रदेश सभामा बमुमत आउँनसक्ने बाम गठबन्धनमात्र देखिएकाले धनकुटालाई राजधानी बनाउँन बाम उम्मेद...
जनतालाई अधिकार र स्वतन्त्रता बामले मात्र दिन्छ: राजेन्द्र राई

जनतालाई अधिकार र स्वतन्त्रता बामले मात्र दिन्छ: राजेन्द्र राई

धनकुटा, १२ मंसिर । नेकपा एमाले धनकुटाका अध्यक्ष एवं बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र राईले जनतालाई अधिकार र स्वतन्त्रता बाम गठबन्धनले मात्र दिने बताएका छन । मारेककटहरेमा भएको चुनावी अभियानलाई संबोधन गर्दै उम्मेदवार राईले यस्तो बताएका हुन । लोकतान्त्रिक शक्तिहरुले जितेमा बोल्न दिने तर, खान नदिने अवस्था सृजना हुँने भन्दै राईले अधिकार र स्वतन्त्रता दुवैका लागि बाम गठबन्धनको ज...
२०७४ मंसिर १२ गते मंगलबारको राशिफल

२०७४ मंसिर १२ गते मंगलबारको राशिफल

वि.सं. २०७४ साल मंसिर १२ गते। मंगलबार। इश्वी सन् २०१७ नोभेम्बर २८ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– दशमी, २९:४३ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा प...
तमोर भ्यालीको हाजिरीजवाफमा धनकुटा बोडिङ प्रथम

तमोर भ्यालीको हाजिरीजवाफमा धनकुटा बोडिङ प्रथम

धनकुटा, ११ मंसिर । धनकुटाको तमोर भ्याली सेकेण्डरी बोर्डिङ्ग स्कुलले सोमबार आयोजना गरेको नगर स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धनकुटा इङ्गलिस बोडिङ स्कुल प्रथम भएको छ । सातौ फडिन्द्रप्रसाद स्मृति दिवसको अवसरमा आयोजित हाजिरीजवाफमा तुलसीमेहर इङ्गलिस बोडिङ स्कुल दोस्रो र तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुल तेस्रो भएका छन् । प्रथम हुँने धनकुटा बोडिङलाई ५ हजार, दोस्रो हुँने तुलसीमेहरलाई ४ हजार र तेस्रो ...
धनकुटाको डाँडाबजार नेपालकै पहिलो पूर्ण सरसफाई उन्मुख घोषणा

धनकुटाको डाँडाबजार नेपालकै पहिलो पूर्ण सरसफाई उन्मुख घोषणा

धनकुटा, ११ मंसिर । धनकुटाको सॉगुरीगढी गाउ‘पालिका–५ डाँडाबजारलाई मुलुककै पहिलो पूर्ण सरसफाई उन्मुख वडा प्रमाणिकरण स्वःघोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले एक कार्यक्रमकावीच उक्त घोषणा गरेका हुन । फण्डबोर्डको सहयोगमा पर्डेप नेपालले डाँडाबजारलाई यस्तो प्रमाणीकरण गरेको हो । फण्डबोर्डको सहयोगमा हाल ५५ जिल्लामा १०६ गैरसरकारी संस्था मार्फत ३ सय ९६ साविकको गाविस तथा नगरपालिकामा...
२६ लाख रकमसहित दुई युवा काठमाडौँमा पक्राउ

२६ लाख रकमसहित दुई युवा काठमाडौँमा पक्राउ

काठमाडौँ, ११ मंसिर । प्रहरीले २६ लाख १५ हजार रुपैयाँ नगदसहित दुई युवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या–२ का  शिव विष्ट र राजकुमार श्रेष्ठ रहेका छन् । रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनीहरुलाई काठमाडौँको गल्कोपाखाबाट पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले हुण्डीमार्फत ४ करोड राजश्व छलेको पाइएको छ । पक्राउ परेका दुवैलाई र आवाश्यक कारवाही तथा अनुसन्धानका...
बारामा आमाले गरिन् छोरीको हत्या गरेको अभियोगमा एक महिला पक्राउ

बारामा आमाले गरिन् छोरीको हत्या गरेको अभियोगमा एक महिला पक्राउ

बारा, ११ मंसिर । बाराको सुवर्णपुर गाउँपालीका ५ प्रशुरामपुरमा आफ्नै छोरीको हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ४ गते साँझ ६ बजेदेखि बेपत्ता भएकी २ वर्षीय बालिका बबिया खातुनको शव घरबाट २०० मिटर पर पोखरीमा तैरिएको अवस्थामा मंसिर ७ गते भेटिएको थियो । नावालिका खातुनलाई उनकै आमाले हत्या गरी पोखरीमा फालेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरीले छोरीको शव भेटेपछि आमा ...
जनवरीमा सामसुङले एस ९ सार्वजनिक गर्दै

जनवरीमा सामसुङले एस ९ सार्वजनिक गर्दै

कोरिया, ११ मंसिर । स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गर्ने तयारी गरेको छ । सामसुङका आधिकारिक विभिन्न कम्पनीहरूले आगामी जनवरी महिनामा उक्त मोडलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो । एस नाइन प्लसमा ड्युल क्यामारा सेटअप र एस नाइनमा भन्दा बढी ¥याम राखिएको छ । ग्यालेक्सी एस नाइनमा ४ जीबी ¥याम हुनेछ भने नाइन प्लसमा ६ जिबी ¥...
कालोसूचीमा नरहेका बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी जान सक्ने

कालोसूचीमा नरहेका बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी जान सक्ने

काठमाडौँ, ११ मंसिर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी इक्यानले बंगलादेशका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको जनाएको हो । शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइए...
मतपेटिका लक्षित गरी भोजपुरमा बम बिस्फोट

मतपेटिका लक्षित गरी भोजपुरमा बम बिस्फोट

भोजपुर, ११ मंसिर । आइतबार मतदान सम्पन्न भएपछि मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा भोजपुरमा मतपेटिका लक्षित गरी बम विष्फोट गराइएको छ । उत्तरी भोजपुरको साल्पासिलिछो गाउँपालिका अन्तर्गतका वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । विस्फोटबाट केहि क्षती नभएको र थप उच्च सुरक्षा शतर्कताका साथ थप अनु...
जंगली जनावरको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान

जंगली जनावरको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान

इनरुवा, ११ मंसिर । सुनसरीको कोशी गाउँपालिका र बराह नगरपालिकाका स्थानीय बासिन्दालाई सधैँ आरक्षको समस्याका कारण क्षतिको सामना गर्नुपर्ने बाध्यता रहेको छ । घर नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्कने जंगली जनावरका कारण उनीहरुको धनमालको क्षतिका साथै मानवीय क्षतिको समेत सामना गर्नुपर्ने बाध्यता छ । आरक्षबाट दैनिक निस्कने अर्ना, हात्ती, बँदेललगायतका जंगली जनावरको आतंकले सो क्षेत्रका स...
तेह्रथुममा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने-कम्युनिस्टको शासन आए स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्

तेह्रथुममा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने-कम्युनिस्टको शासन आए स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्

तेह्रथुम, ११ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाएका छन् । यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले काँग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताए । ...
तेह्रथुममा प्रहरीको ज्यादती, प्रहरी सईलाई विभागीय कार्वाही हुने

तेह्रथुममा प्रहरीको ज्यादती, प्रहरी सईलाई विभागीय कार्वाही हुने

तेह्रथुम, ११ मंसिर । इलाका प्रहरी कार्यालय आठराई संक्रान्तिबजारको छलफल स्थलमा सधै गाउँघरका सामान्य मुद्दा, झै–झगडा लगायतका छलफल हुन्थ्यो । बुधबार बिहान प्रहरी कार्यालयको छलफल स्थालमा पूर्व सभास्द गणेशप्रसाद बिमली सहित होटल व्यावसायी, व्यापारी र स्थानीय बासीहरुको बाक्लो उपस्थिती थियो । पूर्व सभास्द बिमली सहित स्थानीय बासीहरु छलफलमा भेलाहुनुको मुख्य उद्देश्य रहेछ, ईलाका प्रहरी कार्यालय संक्रान...
प्रविधिको विकास संगै मोबाइलमा कुरा गर्न अब सिमकार्ड नचाहिने

प्रविधिको विकास संगै मोबाइलमा कुरा गर्न अब सिमकार्ड नचाहिने

एजेन्सी, ११ मंसिर । प्रविधिको विकास संगै अब मोबाइल फोनका कुरा गर्न सिम कार्डको आवश्यकता नपर्ने भएको छ। किनभने अब यस्तो प्रविधिको विकास हुँदैछ, जसको प्रयोगबाट मोबाइल फोनमा कुरा गर्न सिम कार्डको आवश्यकता पर्दैन। यो प्रविधिको इन्टरनेट टेलिफोनी हो। इन्टरनेट टेलिफोनी प्रविधिमार्फत इन्टरनेट प्रयोग गर्दै कलिङ एपबाट सिधा कल गर्न सकिने छ। यसरी फोन गर्दा मोबाइलमा कुनै सिमकार्डको आवश्यकता पर्दैन। नत सिग्न...
प्रदेश ४ को चुनावः कम जनसंख्या भएका जिल्लामा बढी मत खस्यो

प्रदेश ४ को चुनावः कम जनसंख्या भएका जिल्लामा बढी मत खस्यो

पोखरा, ११ मंसिर । प्रदेश ४ का ६ जिल्लामा मतदान त सकियो । तर, दोस्रो चरणको चुनावपछि मात्र मतगणना हुने भएकाले उम्मेदवारको बेचैनी कम भएको छैन । मतदान सम्पन्न भएका ६ जिल्लाबाट प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ सदस्य चुनिनेछन् । अहिले मतपेटिका संकलनको काम भइरहेको छ । केही मतदानस्थलबाट कडा सुरक्षाबीच मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइसकिएको छ भने केही आज पुग्दैछन् । दोश्रो चरणको ...
कतै तपाईलाई हर्मोनसम्बन्धी समस्या त छैन? शरीरमा यस्ता देखिन्छन् लक्षण

कतै तपाईलाई हर्मोनसम्बन्धी समस्या त छैन? शरीरमा यस्ता देखिन्छन् लक्षण

काठमाडौं, ११ मंसिर । सामान्यतया शरीरमा इन्सुलिन भन्ने हर्मोनका कारण मधुमेह लाग्ने, थाइरोइड हर्मोनको गडबढीले थाइराइडसम्बन्धी समस्या आउने त धेरैलाई थाह हुन्छ। तर, शरीरमा विभिन्न खालका हर्मोनहरुको गडबढीले जटिल समस्या देखापर्छ भन्ने कुरा धेरैलाई थाह नहुन सक्छ। वेलैमा उपचार गरेमा शरीरमा देखापर्ने हर्मोनजन्य समस्याहरुबाट छुटकारा पाउन सकिन्छ। तर, धेरै मानिसहरु समयमै यस्ता समस्या पत्ता लगाउन नसक्दा ला...
मोरङको दुई स्थानमा शंकास्पद वस्तु भेटियो

मोरङको दुई स्थानमा शंकास्पद वस्तु भेटियो

बिराटनगर, ११ मंसिर । मोरङको दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ । बिराटनगर–४ मा मुख्य सडकको बायाँतर्फको पेटीमा रातो कपडाले बेरेको अवस्थामा शंकास्पद वस्तु र केराबारी–९ मा बम भेटिएको हो । कोशी राजमार्ग अन्तर्गत विराटनगर–४ मा शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । केराबारी गाउँपालिका ...
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने :पूर्वसभामुख ढुंगाना

खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने :पूर्वसभामुख ढुंगाना

काठमाडौँ, ११ मंसिर । पूर्वसभामुख तथा नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताउनुभयो । चुनावीसभामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उहाँले निर...
पाँचथर जिल्लाका सवै मतपेटिका फिदिम आइपुगे, मंसिर २१ गते बेलुका ५ बजेबाट मतगणना गरिने

पाँचथर जिल्लाका सवै मतपेटिका फिदिम आइपुगे, मंसिर २१ गते बेलुका ५ बजेबाट मतगणना गरिने

पाँचथर, ११ मंसिर । पहिलो चरण अन्र्तगत प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन अन्र्तगत पाँचथरमा भएको निर्वाचनको सम्पूर्ण मतपेटिका आज बिहान ७ बजेसम्ममा सदरमुकाम फिदिममा ल्याइपुरयाइएको छ । ल्याइएको उक्त मतपेटिका जिल्ला समन्वय समितीको कबर्डहल अघि कर्मचारी मिलन केन्द्रको हल र नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय पाँचथरमा सिलवन्दी गरि राखिएको जिल्ला निर्वाचन अधिकारी धु्रव कुमार राईले जानकारी दिनुभयो । ...
सिरहामा प्रहरीलाई गोली प्रहार गर्ने धनुषाबाट पक्राउ

सिरहामा प्रहरीलाई गोली प्रहार गर्ने धनुषाबाट पक्राउ

सिरहा, ११ मंसिर । सिराहामा गोली प्रहार गरेर फरार भएका ३ जानालाई धनुषा प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनालाई सिरहा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालले जानकारी दिए । प्रहरीले उनिहरको परिचय खुलाएको छैन । सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ५ निर्दनाघाटमा चेकजाँचको क्रममा आइतबार दिउँसो अज्ञात समूहले गोली प्रहार गर्द...
राप्रपा महामन्त्रीले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

राप्रपा महामन्त्रीले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, ११ मंसिर । मौन अवधिमा भोट मागेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग स्पष्टीकरण मागेको छ । मौन अवधि शुरु भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको निर्वाचन चिह्न राखेर प्रचारप्रसार गरेको भन्दै आयोगले प्रधानसँग स्पष्टीकरण मागेको हो । आयोगले उनलाई २४ घण्...
जान्नुुुहाेस् नेपालका केहि दुर्लभ पैसाहरूकाे बारेमा ( तस्बिर सहित )

जान्नुुुहाेस् नेपालका केहि दुर्लभ पैसाहरूकाे बारेमा ( तस्बिर सहित )

हामी पैसा भन्ने बित्तिकै हजार काे नाेट सम्झन्छाैँ ५०० , १०० काे सम्झन्छाैँ , तर केहि यस्ता पैसा जसकाे बारेमा हामीलाइ थाहा नै छैन । केहि तस्बिरहरू :-
error: Content is protected !!