काठमाडौं, ५ माघ। एमाले अध्यक्ष केपी ओलीले प्रदेश प्रमुख र मुकाम परिवर्तन हुने हुँदा यस बिषयमा आन्दोलनको आवश्यक्ता नभएको बताएका छन्। स्वास्थ्य परीक्षण गरी बिहीबार स्वदेश फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सरकारले नियुक्ति गरेको प्रदेश प्रमुख र मुकामका आफूहरूको सहमति नभएको बताए।

Advertisement

प्रदेस मुकामका बिषयमा किन आन्दोलन गर्नेभन्दै उनले भने, ‘यसको अन्तिम टूगो त संविधान अनुसार प्रदेश सभाको दुई तिहाईले गर्छ। प्रदेश मुकाम कहाँ राख्ने भन्ने आधिकारिक निर्णय त प्रदेशसभा बैठकको दुई तिहाईले गर्ने हो। त्यसैले आन्दोलन आवश्यक छैन।’

प्रदेशका मुकामबारे सोधिएको प्रश्नमा ओलीले प्रदेशसभाका बैठकपछि त्यसले अनुकुलता, आवश्यकता र सम्भाब्यताका आधारमा प्रदेशका स्थायी मुकाम तोक्ने हुँदा सरकारको निर्णयका बिषयमा आन्दोलनमा नजान ओलीले सबैलाई आग्रह गरे।

आफूहरुले सरकारलाई प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न भनेको तर, सरकारले यसलाई राजनीतिक दाउपेचको विषय बनाएर लोकतन्त्रमाथि प्रहारको अस्त्र बनाएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘प्रदेशका मुकाम र प्रदेश प्रमुख तोक्न सहमति दिएका थियौं, कहाँ तोक्ने र कसलाई तोक्ने विषयमा सरकारले हामीसँग सहमति मागेको थिएन’, ओलीले भने।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!