सल्यान, ४ माघ। कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा(एमाले)सल्यानमा विलय भएको छ ।

Advertisement

सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित जिल्ला समिति एमालेमा विलय भएको एमाले सल्यानका सचिव रमेशकुमार गौतमले जानकारी दिनुभयो ।

आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको राप्रपा सल्यानका अध्यक्ष सिंहले बताउनुभयो । “राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाखले साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन, त्यही भएर हामीले एमालेमा विलय हुने निर्णय गरेका हौँ”, सिंहले भन्नुभयो ।

एमालेमा प्रवेश गरेका सबैलाई स्वागत गर्दै एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले उहाँहरुलाई सम्मानजनक रुपमा व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!