माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने
काठमाडौँ, ५ माघ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन र पार्टी एकीकरणका विषयमा छलफल भएको छ ।
ओली निवास भक्तपुर बालकोटमा भएको उक्त छलफलमा कार्यदलले राष्ट्रियसभा गठनका विषयमा दिएको प्रतिवेदनमा छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अध...




























