उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो

वि.सं. २०७४ साल माघ ५ गते। शुक्रबार। इश्वी सन् २०१८ जनवरी १९ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वितीया, १०:५६ बजेउप्रान्त तृतीया।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। फाइदाका लागि पुरुषार्थी कदम अघि बढाउनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनुका साथै दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सफल भइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सहयोगीहरूले त्यति साथ नदिए पनि भाग्यले केही अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। समाजसेवा गर्दै प्रतिष्ठा कमाउने बेला छ। मध्याह्नदेखि प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्नेछ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा पुरुषार्थी काम गर्न सकिनेछ। कीर्तिमानी हात पार्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौती निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अरूको काममा जुट्नुपरे पनि पछिलाई फाइदै हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सफल भइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
काममा जुट्दा विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। परिवारजनको साथले उत्साह जगाउनेछ। दिउँसोदेखि सानोतिनो समस्याले अल्झाउन सक्छ। स्वास्थ्य प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि, बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झाउन सफल भइनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा भने अलि कमजोरी अनुभूति हुन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनुका साथै काम बन्नाले मनग्गे लाभ हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सहयोगले फाइदा हुनेछ। प्रक्रिया नमिल्नाले मध्याह्नपछि काम दोहोर्याउनुपर्ला। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। कामको अवसर प्राप्त भए पनि स्वास्थ्य-चिन्ताले सताउन सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही अवरोध आए पनि हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। बलजफ्ती गरेर पनि चिताएको काम बनाउन सकिनेछ। स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले पनि सताउन सक्छन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिने सम्भावना छ। तापनि प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिउँसोदेखि आयस्रोत बढ्नेछ भने दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन्। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। दिउँसोदेखि आम्दानीका स्रोत बढ्नेछन्। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। तापनि, मध्याह्नदेखि बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। सोचेको नतिजा प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। तर सुनिश्चित काम रोकिनाले अलमल बढ्न सक्छ। आयस्रोत सबल देखिए पनि उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। दिउँसोदेखि आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ला। कर्जाको धन भने प्राप्त हुनेछ। लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। आफन्तजनबाट टाढिनुपर्ला।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!