- संगालोखबर सम्वाददाता

धनकुटा, ४ माघ । धनकुटालाई १ नम्बर प्रदेशको अस्थायी मुकाम नतोकेपछि बिरोध प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच झडप हुँदा ९ जना घाईते भएका छन् । भीमनारायण चौकमा आज भएको झडपमा ६ आन्दोलनकारी र ३ प्रहरी घाईते भएका हुन् ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताएका छन् ।

भीमनारायण चौकमा भएको झडप । तस्वीर : सुवास ढुंगाना

टाउकोमा चोट लागेर गंभीर घाईते भएका कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई र आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ ।

प्रहरीको लाठी चार्जबाट जयन्द्र प्रधान, अजित पाख्रीन, अतित वि.क. र उत्तम खड्गी घाईते भएका छन् । यता झडपका क्रममा तीन जना प्रहरी पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

उपचाररत दिनेश राई । तस्वीर : संगालोखबर

यसैवीच आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले धनकुटा बजारमा निषेधित क्षेत्र घोषणा गरेको छ । अहिले बजार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो पनि पढ्नुहोस् …

धनकुटामा प्रदर्शन हिंसात्मक बनेपछि निषेधित क्षेत्र घोषणा, अव के-के गर्न पाईदैन ?

 

धनकुटामा क्षेत्रीय प्रशासनसहित दुई सरकारी कार्यालयमा आगजनी, स्थिती तनावग्रस्त

धनकुटा तनावग्रस्त, आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप, प्रहरीको गाडी तोडफोड

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!