- संगालोखबर सम्वाददाता

धनकुटा, ४ माघ । कतिपय सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा धनकुटामा कर्फ्यू लागेको उल्लेख भएपनि प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले भने कर्फ्यू नभई निषेधाज्ञा मात्र जारी गरिएको बताएका छन् ।

धनकुटालाई प्रदेशको अस्थायी मुकाम नतोकिएको बिरोधमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बिहीबार बिहान साँढे ११ बजेबाट धनकुटा बजारक्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको हो ।

Advertisement

तर, कर्फ्यू लागेको चर्चा भईरहेका वेला प्रमुख जिल्ला अधिकारी उप्रेतीले निषेधाज्ञा मात्र जारी गरिएको संगालोखबरलाई जानकारी दिएका हुन् ।

‘स्थिती अनियन्त्रित बन्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो ।’ प्रजिअ उप्रेतीले भने ‘कर्फ्यू लगाईएको भन्ने हल्ला गलत हो ।’ कर्फ्यू र निषेधाज्ञा फरक–फरक बिषय भएकाले नझुक्किन पनि सवैलाई प्रजिअ उप्रेतीले आग्रह गरेका छन् ।

निषेधाज्ञाका क्रममा ५ जना भन्दा बढी मानिस समुहमा हिडडुल गर्न वा प्रदर्शन गर्न नपाईने उल्लेख छ । तर, कर्फ्यू लाग्दा बाहिर हिडडुल गर्न पाईदैन् । कर्फ्यू अटेर गरेमा प्रहरीले बल प्रयोग देखि गोलीसमेत प्रहार गर्नसक्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!