जुगल हिमाल आरोहणको तयारी
चौतारा, २७ फागुन । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरा)को सगरमाथा आरोही माया गुरुङ नेतृत्वको टोलीले आरोहण गर्ने भएको हो ।
आरोहणका लागि सबै प्रक्रिया पूरा भइसकेको र आगामी चैत १५ गते काठमाडौँबाट त्य...































