प्रदेश १ को नाममा ‘किरात’ जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार
विराटनगर, २८ फागुन । प्रदेश १ को नामकरण गर्दा ‘किरात’ पहिचान जोड्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले ‘विवाद नहुने उपाय खोज्न’ निर्देशन दिएपछि मुख्यमन्त्री राईले नाम र राजधानीबारे संसदीय दलमा गृहकार्य थालेका छन्।
प्रदेश संसद्को जारी हिउँदे अधिवेशनबाट नाम र राजधानीको मुद्दा टुंग्याउने तयारीमा रहेको प्रदेश सरकार सुरुदेखि नै यी...































