ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउनसुगरसहित एक जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट आज दिउँसो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–९ का २५ बर्षीय रोसन दर्जीलाई दिउँसो करिब ३ बजे लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलमा चेकजाच गर्ने क्रममा दर्जीको साथमा ५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको...
जुम्लामा पुगेन प्रदेश सरकारले दिने छात्रवृत्ति

जुम्लामा पुगेन प्रदेश सरकारले दिने छात्रवृत्ति

कर्णाली । कर्णाली प्रदेश सरकारले वितरण गर्ने चालु आर्थिक वर्ष २०७७/७८ को उच्च शिक्षा छात्रवृत्ति जुम्लाका विद्यार्थीले पाउन सकेका छैनन् । सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आएको छ । प्रदेशका अन्य ...
इलाममा भटाभट मर्न थाले कुखुरा

इलाममा भटाभट मर्न थाले कुखुरा

इलाम । पछिल्लो समय कुखुरा मर्न थालेपछि  जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ । आइतबार र सोमबारमा एक हजार २ सय कुखुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोखरेलले जानकारी दिए ।  एकैपटक दुई जातिका कुखुरा मर्दा रु साढे चार लाखभन्दा बढी क्षति...
मिर्चैयाको बनमा कुहिएको अवस्थामा महिलाको शव फेला

मिर्चैयाको बनमा कुहिएको अवस्थामा महिलाको शव फेला

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा कुहिएको अवस्थामा बिहिबार बिहान एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको शव भेटिएको हो । शवको पहिचान खुल्न सकेको छैन । स्थानीय गोठालाले जङ्गलमा शव देखेपछि प्रहरीलाई खब...
बराहक्षेत्रमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

बराहक्षेत्रमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरोलमा गएराती बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र–५ का २५ बर्षीय डिगन गुरुङ छन् । बुधबार मध्यराती पौने १२ बजे भरोलमा दक्षिणतर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटसाइकलमा सवार सोही स्थानका गुरुङसहित २६ वर...
सहिदभूमिका २२४ जनाले पाए दाँत उपहार

सहिदभूमिका २२४ जनाले पाए दाँत उपहार

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका २२४ जनाले दाँत उपहार पाएका छन् । प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रममा ९६ जनाले सेट दाँत लगाएका हुन् । त्यस्तै, १ सय २८ जनालाई ६ सय ७३ वटा खुद्रा दाँत लगाइएको गाउँपालिकाले जनाएको छ । पूर्वाअञ्चल डेन्टल हस्पिटल इटहरीको प्राविधिक सहयोगमा प्रदेश १ को सामाजिक विकास मन्त्रालय र हेल्पिङ्ग युथ इटहरीसँग सहकार्य गरेर सहिदभूमि गाउँपालिकाले आँखिसल्ला स्व...
पाँच वर्षअघि नै म्याद सकिएको दाल विक्री गर्ने विराटनगरका व्यापारी कारवाहीमा

पाँच वर्षअघि नै म्याद सकिएको दाल विक्री गर्ने विराटनगरका व्यापारी कारवाहीमा

मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७०० बोरा बरामद भ...
घर-घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान

घर-घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घर-घरमै पुगेर सम्मान गर्न थालेको छ । ९० बर्ष भन्दा बढि उमेरका जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्न थालिएको हो । बेलबारी २ नम्बर वडाबाट सम्मान थालिएको छ । घर-घरमै पुगेर जेष्ठ नागरिकहरुलाई व्लाङ्केट, सुइटर लगायत सामाग्री दिएर सम्मान गर्न थालिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । सवै वडामा पुगेर जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने सुवेदीको...
माटो परीक्षण वेबसाइटबाटै

माटो परीक्षण वेबसाइटबाटै

काठमाडौं । अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले अबका दिनमा नेपाली किसानले आफ्नो जमीनको गुणस्तर थाहा पाउन माटो परीक्षणका लागि प्रयोगशालामा गइरहनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । दक्षिण एशियामै नेपा...
पशुपतिमा राखियो १०८ किलो सुनको जलहरी, सर्वोच्चले माग्यो लिखित जवाफ

पशुपतिमा राखियो १०८ किलो सुनको जलहरी, सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा १०८ किलो सुनको जलहरी राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बुधबार सुनको जलहरी (सुवर्ण पीठिका) अनावरण गरिएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले ८५ करोड रुपैयाँ खर्चिएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको शिवलिंगको तल्लो भागमा जलहरी राखिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पूजा गर्न आएका बेला उक्त कार्...
सत्तामा निर्णायक कांग्रेस, दाहाल–नेपालले गरे सत्ता सहकार्यको प्रस्ताव

सत्तामा निर्णायक कांग्रेस, दाहाल–नेपालले गरे सत्ता सहकार्यको प्रस्ताव

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुनेछ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा नै २४ फागुनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ । संसद् बैठक सुरु भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ...
धनकुटाबाट ओली पक्षीय नेकपाको उद्घोष: फैसला दुरुपयोग गर्दै स्वार्थ पुरा गर्न दिदैनौं

धनकुटाबाट ओली पक्षीय नेकपाको उद्घोष: फैसला दुरुपयोग गर्दै स्वार्थ पुरा गर्न दिदैनौं

धनकुटा । केपी ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले राजनैतिक अवस्था धमिल्याएर आफ्नो स्वार्थ पुरा गर्न खोज्नेहरुको स्वार्थ पुरा हुँन नदिने दावी गरेको छ । नेकपा धनकुटाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेका हुन् । आफ्नो स्वार्थ पुरा गर्न राजनैतिक अवस्था धमिल्याएर जनघाती र राष्ट्रघाती कदम चालिएको अरोप लगाउँदै यस्तो स्वार्थ...
२०७७ फागुन १३ गते बिहीबारको राशिफल

२०७७ फागुन १३ गते बिहीबारको राशिफल

बि.सं.२०७७ साल फागुन १३ गते बिहीबार ई.सं. २०२१ फेब्रुअरी २५ नेपाल सम्बत ११४१ पोहेलागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शोभन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः३२ बजे, सूर्यास्त साँझ ६ः१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको...
महालक्ष्मीमा निःशुल्क आँखा जाँच शिविर हुँने

महालक्ष्मीमा निःशुल्क आँखा जाँच शिविर हुँने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर हुँने भएको छ । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरेर महालक्ष्मी नगरपालिकाले आँखा जाँच शिविर गर्न लागेको हो । फागुन १४ गतेदेखि २५ गतेसम्म बिभिन्न वडामा फरक–फरक दिन शिविर सञ्चालन हुँनेछ । फागुन १४ गते वडा नं. १, १५ गते वडा नं. २, १६ गते वडा नं. ५, १७ गते वडा नं. ६, १८ गते वडा नं.७, १९ गते वडा नं. ८, २० गते वडा नं. ९...
प्रचण्ड–माधव पक्षीय सांसदलाई उपत्यका नछोड्न निर्देशन

प्रचण्ड–माधव पक्षीय सांसदलाई उपत्यका नछोड्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षले आफुनिकट सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन दिएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आज सिंहदरवारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् । सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न भनिएको छ । जानै पर्ने भएपनि जानकारी गराएर मात्र जान निर्देशन दिइएको छ । त्यस्तै उपत्यका बाह...
कुमारी बैंकको कार्डबाट भुक्तानी गर्दा जीवन्त एडभान्समा सहुलियत पाइने

कुमारी बैंकको कार्डबाट भुक्तानी गर्दा जीवन्त एडभान्समा सहुलियत पाइने

काठमाडौं । कुमारी बैंकले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गसँग सम्झौता गरी आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत पाउँने व्यवस्था मिलाएको छ । स्वास्थ्य सहुलियतका विषयमा कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता भएको हो । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गर...
विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समूहको बिजय जुलुश

विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समूहको बिजय जुलुश

विराटनगर । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज बिराटनगरमा बिजय जुलुश निकालेको छ । सर्वोच्चको निर्णयलाई स्वागत गर्दै विराटनगरका विभिन्न चोकबाट विजय जुलुस निकालेर खुशीयाली मनाइएको हो । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रधानमन्त्रीले प्रतिगामी कदम चालेको भन्दै ने...
परेवादिनमा गुम्बा निर्माण

परेवादिनमा गुम्बा निर्माण

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ परेवादिनमा कर्म थर्पोलिङ गुम्वा निर्माण गरिएको छ । संघीय सरकार, स्थानीय सरकार र विभिन्न सरोकारवाला संघ–संस्था तथा व्यक्तिको ३० लाख, ३८ हजार, १ सय ४५ रुपैयाँ लागतमा गुम्वा निर्माण गरिएको हो । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले एक कार्यक्रमकाबीच गुम्वा उद्घाटन गरेका छन् । गुम्वाको मुल ढोकामा राखिएको पञ्चदिप प्रज्वलन गर्दै रिवन काटेर सांसद राईले गुम्वा उद...
झापामा घरको छानाबाट खस्दा एक जनाको मृत्यु

झापामा घरको छानाबाट खस्दा एक जनाको मृत्यु

झापा । झापामा घरको छानाबाट खसेर एक जनाको मृत्यु भएको छ । घरको छानाबाट खस्दा दमक नगरपालिका–१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको मृत्यु भएको हो । मंगलबार दिउसो करिव ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खस्दा कुमाल गंभीर घाईते भएका थिए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारको क्रममा राती करिव साढे १२ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
धनकुटा क्याम्पसमा तालाबन्दी, सहायक क्याम्पस प्रमुखले परीक्षामा उत्तरपुस्तिका साटेको आरोप

धनकुटा क्याम्पसमा तालाबन्दी, सहायक क्याम्पस प्रमुखले परीक्षामा उत्तरपुस्तिका साटेको आरोप

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले मंगलबार साँझ तालाबन्दी गरेका छन् । स्नातक तह तेस्रो बर्षको परीक्षाका क्रममा सहायक क्याम्पस प्रमुखले विद्यार्थीको उत्तरपुस्तिका साटेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघको अगुवाइमा विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । एक महिला परीक्षार्थीले लेखेको बस्तुगत प्रश्नको उत्तरपुस्तिकालाई मानविकी संकायका सहायक क्याम्पस प्र...
अदुवाको मूल्य घट्दा किसान निराश

अदुवाको मूल्य घट्दा किसान निराश

इलाम । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन ९४० किलो रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो । ग...
नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा दिने वा अविश्वास प्रस्ताव ‘फेस’ गरेर जाने दुई विकल्प रहेको कानुनज्ञाता तथा राजनीतिज्ञ बताउँछन् । संसद् विघटन गर्नुअघि नै ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । सर्वोच्चले मंगलबार साँझ ...
नेपालमा रेम्डिसिभिर प्रयोग गरिएका कोरोना संक्रमितमा निको हुने दर बढी

नेपालमा रेम्डिसिभिर प्रयोग गरिएका कोरोना संक्रमितमा निको हुने दर बढी

काठमाडौं । प्लाजा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको हो परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरुमा यो अध्ययन गरेको थियो । परिषद्ले मंगलबार नेकपामा कोभिड १९ संक्रमणको उपचारको लागि रेम्डिसिभिर र कन्भलेसेन्ट प...
धनकुटामा बुधबार विद्युत अवरुद्ध हुँने

धनकुटामा बुधबार विद्युत अवरुद्ध हुँने

धनकुटा । धनकुटामा बुधबार (आज) विद्युत अवरुद्ध हुँने भएको छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुँने नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दुहवीबाट धरान हुँदै धनकुटा आउँने ३३ केभी लाइनको दुहवी खनार सेक्सनमा कन्डक्टर अपग्रेडिङ्ग गर्नका लागि विराटनगर प्रादेशिक कार्यालयले ३३ केभी लाइन सटडाउन लिएको हुँनाले विद्युत अवरुद्ध हुँने भएको हो ।
‘हाइ अलर्ट’मा सुरक्षा संयन्त्र

‘हाइ अलर्ट’मा सुरक्षा संयन्त्र

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहबाट हुन सक्ने प्रदर्शन र दुई समूहका नेता कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडपको आँकलनसहित सुरक्षा निकायलाई हा...
२०७७ फागुन १२ गते बुधबारको राशिफल

२०७७ फागुन १२ गते बुधबारको राशिफल

बि.सं.२०७७ साल फागुन १२ गते बुधबार ई.सं. २०२१ फेब्रुअरी २४ नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल द्धादशी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, सौभाग्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः३२ बजे, सूर्यास्त साँझ ६ः १ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा...
संसद पुनस्थापना गर्ने सर्वोच्चको फैसलाको खुशीयालीमा धनकुटामा दीप प्रज्वलन

संसद पुनस्थापना गर्ने सर्वोच्चको फैसलाको खुशीयालीमा धनकुटामा दीप प्रज्वलन

धनकुटा । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा आज साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । धनकुटाको मदनचौकमा दीपावली गरेर सर्वोच्च अदालतको फैसलालाई स्वागत गरिएको हो । नेकपाको प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताहरुसहित संसद् पुर्नस्थापनाको माग गर्दै आएकाहरुले मदनचौकमा नेपालको नक्सा बनाइ दीप प्रज्वलन गरेर खुशीयाली मनाइएको नेकपा सचिव ऋषिराम ढुंगानाले जानकारी दिए । मन्...
सर्वोच्चको फैसला: संसद विघटनको निर्णय बदर

सर्वोच्चको फैसला: संसद विघटनको निर्णय बदर

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले संसद विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । मन्त्रीपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् । संसद विघटन गरेर बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन...
कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता

कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाका लागि वित्तिय व्यावस्थापन गरिएको छ । सहवित्तीयकरण सम्झौता अन्र्तगत कुमारी बैंक लिमिटेड बाहेक ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंक...
तेह्रथुममा श्रीमतीको हत्या गरी फरार शेर्पा पक्राउ

तेह्रथुममा श्रीमतीको हत्या गरी फरार शेर्पा पक्राउ

तेह्रथुम । तेह्रथुममा श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथर गाउँपालिका–१ का ५२ बर्षीय तेन्जे शेर्पा छन् । फागुन–३ गते सामान्य घरायशी विवादका क्रममा झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी तेन्जे फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको टोलीले झापाको काँकडभिट्टाबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परे...
धरानबाट लागुऔषधसहित सात जना पक्राउ

धरानबाट लागुऔषधसहित सात जना पक्राउ

धरान । धरानका छुट्टा–छुट्टै स्थानबाट लागुऔषधसहित सात जना पक्राउ परेका छन् । धरान उप-महानगरपालिका–३ का विनय तामाङ, उत्सव श्रेष्ठ र उमेश श्रेष्ठलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । खैरो हेरोईन ओसार पसार र खरिदबिक्री गरेको सुचनाका आधारमा प्रहरीले भृकुटीपथस्थित विनय तामाङको कोठामा खोज तलास गरेको थियो । उनको कोठाबाट बिक्री गर्न प्लास्टिकमा प्याकिङ गर्दै गरेको अवस्थामा ५ ग्राम खैरो हेरोईन फेला प...
error: Content is protected !!