काठमाडौं । कुमारी बैंकले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गसँग सम्झौता गरी आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत पाउँने व्यवस्था मिलाएको छ । स्वास्थ्य सहुलियतका विषयमा कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता भएको हो ।
कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सेवा लिंदा विशेष सहुलियतको व्यवस्था मिलाउँन सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार जीवन्त एडभान्समा एम.आर.आई, सीटी स्क्यान, अल्ट्रा साउन्ड शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १०% सम्म छुट पाउँनेछन् ।
कुमारी बैंकले देशभरका १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदानका लागि सहकार्यहरु गर्दै जाने बैंकले जनाएको छ ।