विश्व क्यान्सर दिवसमा नोवेल र लियोको सहकार्यमा कार्यक्रम
विराटनगर । नोबेल क्यान्सर अस्पताल विराटनगर र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विभिन्न कार्यक्रम गरिएको छ । फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवसको अवसरमा कार्यक्रम गरिएको हो । मङ्गलबार बिहान नोबेलबाट सहिद रंगशालासम्म पाँच किलोमिटर दौड आयोजना गरिएको थियो । जसमा केन्याका नागरिक प्रथम भएका थिए ।
यसैगरी विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको उपस्थितिमा क्यान्सर सम्बन्धी सचेतनामूलक र्...































