संगालोखबर


विराटनगर । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपीडितका लागि सहयोग गरेको छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकासले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो ।

कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जीवन विकासले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको छ ।

जीवन विकासमा कार्यरत कर्मचारीहरूको एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त रकम कोषमा जम्मा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

‘विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्व अन्तरगत हामीले सहयोग गरेका हौँ’, सिइओ मण्डलले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित र प्रभावित हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौँ ।’

संस्थाले गत भदौ १० गते आएको भीषण बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी समवेदना समेत प्रकट गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!