संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज ७३३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । कोरोनालाई जित्दै ३ सय महिला र ४३३ पुरुष संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३७२ पुगेको छ ।

Advertisement

यता, प्रदेश १ मा आज ५४० जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय जनाको पीसीआर परीक्षण गर्दा २५६ महिला र २८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । झापामा १९७, सुनसरीमा १८८, मोरङमा १०२, संखुवासभामा १८, धनकुटामा १३, इलाममा ७, उदयपुरमा ३, भोजपुरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ ।

झापाको भद्रपुरमा ५२, बुद्धशान्तिमा ३३, विर्तामोडमा ३०, दमकमा १५, मेचीनगर र अर्जुनधारामा १३–१३, कनकाई र शिवसताक्षीमा ११–११, कमल गाउँपालिकामा ७, कचनकवलमा ६, हल्दिबारीमा ३, गौरीगञ्जमा २, स्थानीय तह नखुलेका १, सुनसरीको इटहरीमा १०३, धरानमा ५०, हरिनगर र स्थानीय तह नखुलेको ७–७, बराहक्षेत्रमा ६, दुहवीमा ४, रामधुनीमा ३, देवानगञ्ज, इनरुवा र बर्जुमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा ६२, कानेपोखरीमा २१, कटहरीमा ६, बुढीगंगामा ३, ग्रामथान र बेलबारीमा २–२, धनपालथान, उर्लाबारी, जहदा, रतुवामाई, रंगेली र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण छ । त्यसैगरि संखुवासभाको चैनपुमा १२ र मादीमा ६, धनकुटाको पाख्रीवासमा ८, धनकुटा नगरपालिकामा ४, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १–१, उदयपुरको त्रियुगा, बेलका र स्थानीय तह नखुलेका १–१, भोजपुरमा २, तेह्रथुममा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६२ हजार ५२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार १७७ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!