- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकारण अब चाडै गर्ने बताएका छन् । प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको सोमबार बसेको पहिलो बैठकलाई संवोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम तोक्न निकै ढिलाई भएकाले अब चाडै नाम तोक्ने बताएका हुन् ।

कुनै एक पक्षका कारणले मात्र प्रदेशको नाम तोक्न ढिलाई नभएको भन्दै उनले सबै प्रदेश सभा सदस्यहरुकै कारण नाम तोक्नमा कमजोरी र ढिलाई भएको स्वीकार गरे । ‘प्रदेशको नामकरण हामीले गर्नुपर्छ । यो हाम्रो अनिवार्य दायित्व भित्रको कुरा हो । प्रदेशलाई हामीले नाम दिनैपर्छ । अहिलेसम्म प्रदेशले नाम नपाउँनु हामी सबैका कारणले हो,’ मुख्यमन्त्री राईले भने, ‘माइन्यूट हामीसँग छ । बसेर, बडा सल्लाह गरेर अहिले राजधानी टुङ्ग्याउँ, नामाकरणको विषय जटिल पनि छ, पछि छलफल गरेर तोकौला भनेर स्थगन गरियो । पछि कोभिड..कोभिड..कोभिड..का कारणले अहिलेको अवस्थासम्म आइपुग्यौं ।’

मुख्यमन्त्री राईले अब तत्कालै छलफल चलाएर प्रदेशको नाम टुंग्याउँनुपर्ने धारणा राखे । ‘यसपटक यो बिषयले प्रवेश पाउँनै पर्छ । हामीहरुबीचमा छलफल तत्कालै सुरु हुँनुपर्छ र प्रदेशलाई हामीले नाम दिनैपर्छ । म यसमा पूर्ण समर्थन गर्छु । प्रदेश सरकारको प्रमुखको तर्फबाट मैले गर्नुपर्ने मूमिका म खेल्छु,’ मुख्यमन्त्री राईले भने ।

प्रदेशको नाम तत्कालै टुंग्याउँनुपर्नेमा जोड दिएका मुख्यमन्त्री राईले नाम के राख्ने भन्ने बिषयमा भने बोलेनन् । प्रदेश १ लाई कोशी, सगरमाथा जस्ता साझा नाम राख्नुपर्ने एक पक्षको तर्क छ भने अर्को पक्षले त्यसमा जातिय पहिचान झल्कने नाम जोड्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!