झापा । झापाको गौरादह नगरपालिका–४ धरधरेस्थित भित्री सडकखण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा मे ९ प २७०३ नम्बरको मोटरसाइकल चालक स्थानीय ४० बर्षीय भानु खत्री छन् ।
बिहान ८ बजे मे ९ प २७०३ नम्बर र मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटना हुँदा घटनास्थलमै खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मे ६ प ५४१६ नम्बरको मोटरसाइकल चालक गौरिगंज गाउँपालिका–५ का ३० बर्षीय अनुप राजबंशी र पछाडि सवार स्थानीय १६ बर्षीय ललित शर्मा घाइते भएका छन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।
दुर्घटना भएका दुबै मोटरसाइकललाई प्रहरी चौकी महारानीझोडाले नियन्त्रणमा लिएको छ ।