संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजासहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार छन् ।

Advertisement

बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई बोरामा गाँजा बोकेर जंगलमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका परियारको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!