संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा पनि नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई दिनदेखिको रस्साकस्सीपछि अन्ततः बुधबार अपरान्ह सहमति जुटेर नीरबहादुर राईको अध्यक्षतामा ७५ सदस्यीय एमाले सहिदभूमि गाउँपालिका कमिटी गठन गरिएको हो ।

Advertisement

समितिको उपाध्यक्षमा मातृका राई, सचिबमा हेमकुमार राई, उप–सचिवमा फडिन्द्र थापा र बलिन्द्र राई चयन भएका छन् । एमालेले मंगलबार देशभर पालिका अधिवेशन आयोजना गरेको हो । तर, सहिदभूमिमा आकांक्षीहरुबीच सहमति जुट्न समय लाग्दा बुधबार दिउँसो मात्र पालिका कमिटी गठनले पूणता पाएको छ ।

अन्य पदमा सहमति जुटेपनि अध्यक्ष र सचिव पदमा सहमति जुट्न ढिलाई भएको हो । अध्यक्षमा निरबहादुर राई र हेमकुमार राईले दावी गरेका थिए । त्यस्तै सचिवमा मात्रिका राई र बलेन्द्र राईले आफ्नो दावी नछोड्दा सहमति जुट्न ढिलाई भएको थियो । तर, मतदानमा नगई समय लगाएर भएपनि सहमतिकै आधारमा कमिटी निर्माण गरिएको नव निर्वाचित अध्यक्ष राईले जानकारी दिए ।

धनकुटाका वाँकी ६ वटै पालिकामा यसअघि नै नेतृत्व चयन भइसकेको छ ।

 

यसअघि प्रकाशित…

धनकुटामा एमाले पालिका अधिवेशन: चार पालिकामा सर्वसम्मत, दुईमा मतदान, एकमा अन्यौल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!