संगालोखबर सम्वाददाता

मोरङ । बिराटनगर महानगरपालिका–१४ जतुवा चोकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–९ का १९ बर्षीय आशिष महतो छन् ।

Advertisement

सीभीआर पोष्ट जतुवाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका महतोको कारोवारका विषयमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!