विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३० बर्षीय धर्वेन्द्र शर्मा छन् ।
गएराती प्रहरी चौकी महादेवाबाट खटिएको टोलीले बिल नभएको चाँदीसहित शर्मालाई पक्राउ गरेको हो । चाँदी तार बनाइएको अवस्थामा थियो ।
पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।