लहान । सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा आज बिहान भएको आगलागीमा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उहाँका चार घर जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

Advertisement

आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको पीडितले बताउनुभएको छ ।

स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

यसैबीच मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लामले अग्निपीडित परिवारलाई आजै भुजा, च्युरा, चामल, नुन, तेल, कपडालगायत सामग्री राहत वितरण गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!