राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीबाट बेपत्ता भएका एक किशोर बुधबार भारतको कमलपुरमा मृत फेला परेका छन् ।

सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डल भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको कमलपुर भने ठाउँस्थित कोशी नदीको छेउमा मृत अवस्थामा फेला परेको सप्तरीको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

बेपत्ता भए लगत्तै उनलाई इलाका प्रहरी कार्यालय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोली तथा हनुमाननगर कंकालनी नगरपालिकाका कर्मचारीले नदीमा डुंगामा चढेर विभिन्न ठाउँमा खोजी गरेपछि फेला पारिएको हो ।

दुई÷तीन दिन अगाडि घर नजिकैको कोसी नदीमा माछा मार्न गएका ललनलाई नदीले बगाएको थियो । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!